काठमाडौं । पूर्व अर्थमन्त्री एवं सूचना संचार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडा पुनः सोही पदमा नियुक्त भएका छन् । राष्ट्रिय सभाको २ बर्षे कार्यकाल समाप्त भएका कारण मंगलबार पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुन नियुक्त गरेका हुन् ।
दोस्रो कार्यकालका लागि नवनियुक्त अर्थ तथा संचार मन्त्री खतिवडाले आजै राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । उनले ः बुधबार अपरान्न ४ बजे राष्ट्रपति भवन सितल निवासमा सपथ ग्रहण गर्ने भएका छन । प्रधानमन्त्री केपीशर्मा ओली मृगौला प्रत्यारोपनका लागि अस्पताल बस्नु पर्ने भए पछि उनले प्रधानमन्त्रीको अनुपस्थितिमा नै सपथ ग्रहण गर्ने भएका हुन ।
संवैधानिक ब्यवस्था अनुसार, संसद नरहेको ब्यक्ति मन्त्री हुन पाउँदैन । मन्त्री पदमा बहाल रहँदैगर्दा सांसद पद सकिएकाले मंगलबार राजीनामा दिएका थिए । संवैधानिक ब्यवस्था अनुसार नै राजीनामापछि पुन मन्त्री बन्न सकिन्छ । संसद नरहेको अवस्थामा पनि फेरि सपथ ग्रहण गरेर ६ महिनासम्म मन्त्री बन्न पाउने ब्यवस्था छ ।
प्रधानमन्त्रीको चाहनामा उनी सांसद नरहेपनि फेरि मन्त्री बन्न लागेका हुन । उनले सपथ लिएसँगै पुनः अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन ।
यो पनि पढ्नुहोस ।
अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा, पुनः मन्त्रीमा नियुक्त हुँदै, बुधबार शपथ ग्रहण गर्ने
यो पनि पढ्नुहोस ।