काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा स्थगन गरेको छ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण उक्त निर्णय गरेको हो।
त्यस्तै, सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगन भएको छ।