Logo

८ खर्ब २१ अर्वको बजेट प्रस्तुत गरिँदै, पुर्ननिर्माणमा २ प्रतिशतको कर्जा

८ खर्ब २१ अर्वको बजेट प्रस्तुत गरिँदै, पुर्ननिर्माणमा २ प्रतिशतको कर्जा


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२९ असार, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७२/०७३ का लागि ८ खर्ब २१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने भएको छ । आज विहान अवेरसम्म उक्त बजेटको टुङ्गो लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

आव २०७२/७२ को बजेट आज ४ बजे संसदमा प्रस्तुत गरिने अर्थमन्त्री डा. रामशरण महले आफ्नो ट्वीटमार्फत सार्वजनिक गरिसकेका छन् । जसका लागि ३ बजे मन्त्रिपरिषद्को बैठक वसेर बजेट स्वीकृत गर्ने कार्यक्रम छ ।

यस पटकको बजेटले पुर्ननिर्माण, कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ । साथै, सामाजिक सुरक्षा भत्तालाई पनि उच्च प्राथमिकता दिएको अर्थ स्रोतले जानकारी दिएको छ ।

पुर्ननिर्माणमा सहुलियतपूर्ण कर्जा

पुर्ननिर्माणलाई उच्च प्राथमिकता राख्दै २ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिएको स्रोतले बताएको छ । काठमाडौं उपत्यकामा भुकम्पबाट क्षति भएका घर पुर्ननिर्माणका लागि पनि २ प्रतिशत व्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्