Logo

पर्यटन प्रवद्र्धन गर्न ‘ट्राभल एप्स’

पर्यटन प्रवद्र्धन गर्न ‘ट्राभल एप्स’


रामराजा श्रेष्ठ
54
Shares

रक्षा रेग्मी

१७ असार,काठमाडौं । भुकम्पपछी नेपाल भित्रने पर्यटकको संख्या स्वात्तै घटेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।  नेपाल असुरक्षित छ भन्ने विश्व समुदाय समक्ष फैलिएको नकारात्मक सन्देशले पर्यटक आगमनलाई घटाइदिएको हो । यस्तो अवस्थामा नेपाल सुरक्षित भएको सन्देश दिएर पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा लैजान विभिन्न सरोकारवालाहरु लागि परेका छन् । यसैक्रममा ‘भूकम्पपछी पनि नेपाल सुरक्षित छ’ भन्ने सन्देश दिन इन्सेन्टिभ होलिडेज प्रालीले गो नेपाल नामक ट्राभल  एप्स सार्वजनिक गरेको छ । कम्पनीका कार्यकारी निर्देशक हरिमान लामाका अनुसार विदेशीहरुले सो एपमार्फत नेपालको पर्यटकीय गन्तब्य, होटलबारे जानकारी लिनका साथै  नेपाल घुम्नको लागि पहिल्यै बुकिङ समेत गर्न सक्नेछन् । साथै अनलाइन पेमेन्टका लागि हिमालयन बैंकसँग सम्झौत भइसकेको उनले जानकारी दिए ।

एप्सले नेपालको हालको अवस्थावारे जानकारी दिने तथा यहाँ भित्रने पर्यटकलाई पर्यटकीय स्थानको अवलोकन तथा खान बस्न सहज बनाउने कम्पनीको विश्वास छ ।  कम्पनीले बिहीवार पत्रकार सम्मेलन गरी सो एप्स सार्वजनिक गरेको हो । यसका साथै इ म्यागेजिन र फोटो प्रतियोगितको पनि घोषणा गरेको छ ।  यो नेपालको पहिलो ट्राभल एप्स भएको कम्पनीको दावी छ ।

के हो गोनेपाल एप्स?

गो नेपाल होलिडे एप्स एउटा मोवाइल एप्स हो, जसले नेपालका होलिडेज गन्तव्य तथा होटलहरुबारे जानकारी दिन्छ । गो नेपाल होलिडे एप्स एन्ड्रोइड र आइफोन अपरेटिङ सिस्टम भएका मोबाइल फोन तथा आईटी ग्याजेटहरुमा निशुल्क डाउनलोड गर्न सकिन्छ । यसबाट नेपालमा रहेका अधिकांश पर्यटकीय गन्तव्य, होटल, ट्रेकिङ जस्ता पर्यटनस“ग सम्बन्धीत सम्पूर्ण जानकारी एवं सूचनाहरु प्राप्त गर्न सकिने छ ।

त्यस्तै सो एप्सबाट हाल नेपालका विभिन्न स्थानमा रहेका ४० भन्दा बढी होटलहरूको बारेमा अधिकांश जानकारी लिन सकिन्छ । नेपालका प्रमुख शहर एवं पर्यटकीय गन्तव्यहरूको नक्सा, यातायातका साधन, ट्रेकिङ रुट अदि जस्ता विदेशी एवं स्वदेशी पर्यटकहरुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी लिन सकिन्छ । यो नेपालको पर्यटन प्रवद्र्धनमा ‘गो नेपाल होलिडे एप कोशेढुंगा सावित हुने कम्पनीले विश्वास लिएको छ ।

साथै कम्पनीले निकट भविष्यमा हाल उपलब्ध नभएका होटल, होम स्टे जस्ता पर्यटकीय सेवामूलक व्यवसाय तथा नया“ पर्यटकीय गन्तव्यबारेको जानकारी समावेश गर्ने बताएको छ । विदेशी एवं स्वदेशी पर्यटकहरुका लागि सुविधामूलक जानकारी भएमा ‘गो नेपाल होलिडे’ एपमा निःशुल्क राखिने छ ।

F22A5018

त्यस्तै कम्पनीले बिहीवार नै गो नेपाल ई–म्यागेजिन सार्वजनिक गरेको छ । अनलाइन ठेगाना डब्लुडब्लुडब्ल डट गोनेपाल हलिडेज डट कममा सो अनलाइन पत्रिका निःशुल्क पढ्न सकिन्छ । जसमा नेपाली पर्यटन क्षेत्रस“ग सम्बन्धीत समसामयिक विषयहरुमाथिका लेख, रचना, रिपोर्टहरु मासिक रुपमा अद्यावधिक गरिने छन् । यस अनलाइन प्रकाशनमा नेपालका सुरक्षित गन्तव्यहरु, ट्रेकिङ रुट, ट्राभल गाइड, उत्कृट गन्तव्य, खाना, पर्यटकीय गतिविधि आदिका बारेमा यथेष्ट जानकारी समावेश गरिने बताइएको छ ।

कम्पनीले पर्यटन पुनरुत्थानको राष्ट्रिय अभियानलाई टेवा पुगोस भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरमा तस्बिर प्रतियोगिताको घोषणा गरेको छ । गोनेपाल होलिडे फोटो कन्टेस्ट मा विश्वभरका फोटोग्राफरहरूले भाग लिन सक्नेछन् । प्रतियोगितामा साहसिक, भूदृश्य, संस्कृतिक धरोहर र वन्य जीव–जन्तु गरी प्रत्येक चार विधाका उत्कृष्ट एक–एक जनालाई पुरस्कृत गरिने छ ।
१८ वर्ष उमेर पार गरेका संसारका जुनसुकै देशका नागरिकले आफ्नो स्वामित्वमा भएको तस्बिरसहित भाग लिन पाउनेछन् । तर तस्बिर भने नेपालकै हुनुपर्नेछ । प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगिहरूले सुरुमा एन्ड्रोइड र आइओस अपरेटिङ सिस्टम भएका ग्याजेटमा गो नेपाल होलिडेज एप्स डाउनलोड गर्नुपर्नेछ । सोही एपमार्फत प्रतियोगिले प्रतिष्पर्धाका लागि तस्बिर समावेश गर्न सक्नेछन् । सो एपमार्फत प्रतियोगिका लागि समावेश गरिएकामध्ये विज्ञद्वारा छनौट गरिएका उत्कृष्ट सय तस्बिरहरुलाई प्रतिष्पर्धाका लागि गो नेपाल होलिडेजको पेजमा राखिने छ ।

उक्त फेसबुक पेजबाट प्रत्येक विधाका जुन तस्बिर सबैभन्दा धेरै लाइक पाउने छ सोही तस्बिरलाई उत्कृष्ट तस्बिरलाई घोषिणा गरिने बताइएको छ । प्रतियोगितामा भाग लिन इच्छुकहरूले यही जुलाई ३१ तारिखभित्रमा सो एप्स मार्फत तस्बिर पठाइसक्नु पर्ने छ ।

त्यसपछि आगामी १५ अगष्टमा उत्कृष्ट १ सय तस्बिरहरु छनोट गरि त्यसको जानकारी सम्बन्धित फोटोग्राफरहरुलाई दिइने छ । १६ अगष्टदेखि २५ सेप्टेम्बरसम्म ति तस्बिरहरूलाई फेसबुक पेजमा राखेर भोटिङ खुला गरिनेछ । अन्त्यमा आउदो २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवसका दिन विजेता तस्बिर घोषणा गरिने छ ।

प्रतियोगितामा विजेता तस्बिरका फोटोग्राफरहरुलाई इन्सेन्टिभ होलिडेजकातर्फबाट पुरस्कार स्वरुप नेपाल भ्रमणको आकर्षक प्याकेज प्रदान गरिने छ । यस पुरस्कार अन्तर्गत प्रत्येक विधाका विजेताहरुलाई काठमाण्डु–लुम्बीनी–चितवन–पोखराको टुर प्याकेज प्रदान गरिने जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्