Logo

भ्रमणबर्षमा नेपाल घुम्न राष्ट्रपती र पर्यटन मन्त्रीको आग्रह, भ्रमणबर्षको भाइबर स्टिकर र यतिको अनावरण

भ्रमणबर्षमा नेपाल घुम्न राष्ट्रपती र पर्यटन मन्त्रीको आग्रह, भ्रमणबर्षको भाइबर स्टिकर र यतिको अनावरण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणबर्ष २०२० मा विश्वभरका जनतालाई नेपाल घुम्न आग्रह गरेकी छिन् । उनले भ्रमणबर्ष २०२० को उद्घटन गर्दै सो अबसरका नेपालको प्राकृतिक सम्पदाको सदुपयोग गर्दै पर्यटक आकर्षक गर्न आग्रह गरेकी छिन् ।

नेपाल भौगोलिक तथा प्रकृतिक रुपमा सबै हिसावले उपयुक्त भएको भन्दै सोही अनुरुप सबै खालका पर्यटक आकर्षण गर्न सकिने उनले जानकारी दिईन । ‘पर्यटन बिकासको लागि यो सबैभन्दा उपयुक्त समय हो भन्ने लाग्छ,’ उनले भनिन्, ‘हामीसँग हिमाल पहाड छहराजस्ता प्राकृतिक श्रोत छन् तिनको उपयोग गर्नु पर्छ ।’ साथै पर्यटन बर्ष मनाईरहँदा प्राकृतिक सम्पदालाई मासेर नभई त्यसको जगेर्ना गर्दै विश्वमा मानवता भातृत्व उजागर राख्ने भावना राख्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रपति भण्डारीले सो अबसरमा भ्रमण बर्ष लक्षित भाईबर स्टिकर र यतिको समेत अनावरण गरेका थिए ।

यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्यन योगेश मन्त्री भट्टराईले सो अबसरमा विश्वभरका जनालाई नेपाल घुम्न आग्रह गर्दै देशमा स्थाई सरकार बनेको भन्दै नेपालमा लगानी गर्न समेत आग्रह गरेका हुन । त्यस्तै उनले नेपालको धार्मिक स्थलहरुको अवलोकण गरी जिन्दगीभरको अविश्मरणीय क्षण बनाउन समेत आग्रह गरेका छन् ।

नेपालमा पशुपति, लुम्बिनी, पाथिभराका साथै विश्व सम्पदामा परेका विभिन्न निकुन्जहरु रहेकाले पनि एकपटक भ्रमण गर्नै पर्ने उनले बताए । ‘नेपाल स्वर्ग झै छ यो मह्त्वपुर्ण क्षण रहेकाले २०२०–२०३० लाई भ्रमण दशकको रुपमा मनाउने छौं,’ उनले भने ।

पर्यटनको माध्यमबाट गरिबी हटाउने सरकारको लक्ष्य रहेको भन्दै अहिले देशको कुल ग्राह्स्थ्य उत्पादनमा ३ दशमलव ५ प्रतिशत योगदाना दिँदै आएको यस क्षेत्रलाई २०३० मा १० दशमलव ५ प्रतिशत पुयाईने बताए ।

प्रतिक्रिया दिनुहोस्