Logo

महासंघ अध्यक्षमा मुराराका सर्वसम्मत हुने पक्का, राणाको उमेदवारी पनि फिर्ता

महासंघ अध्यक्षमा मुराराका सर्वसम्मत हुने पक्का, राणाको उमेदवारी पनि फिर्ता


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१६ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका लागि प्रत्यासी दुबै उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएपछि अव पशुपति मुरारका सर्वसम्मत अध्यक्ष चुनिने देखिएको छ ।

प्रत्यासी भवानी राणाले बुधवार दिउँसो अध्यक्ष पदमा आफ्नो उमेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् । उनले सहमतिका लागि उमेदवारी फिर्ता लिएको बताइन् ।

यसअघि मंगलवार नै अर्का प्रत्यसी भास्करराज राजकर्णीकारले मुरारकालाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएका थिए । महासंघका पूर्वअध्यक्षहरुको लामो प्रयासपछि सहमतिमा मुरारकालाई अध्यक्ष बन्ने बाटो खुलेको हो ।

यसअघि निर्वाचित अध्यक्ष प्रदीपजङ पाण्डे कैद सजायँका लागि जेल चलान गरिएपछि मुरारकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL