Logo

मुरारका महासंघको सर्वसम्मत अध्यक्ष हुने निश्चित

मुरारका महासंघको सर्वसम्मत अध्यक्ष हुने निश्चित


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी
१५ असार, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका सर्वसम्मत चयन हुने निश्चितप्राय भएको छ । अहिले कार्यबाहक अध्यक्ष पद सम्हाली रहेका मुरारका असार १८ गते हुने विशेष साधारासभाबाट सर्वसम्मतरुपमा अध्यक्षमा चयन हुने निश्चित भएको हो । उनका प्रतिस्पर्धीहरु भाष्करराज राजकर्णीकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिने भएपछि उनी सर्वसम्मतरुपमा अध्यक्ष हुने भएका हुन् ।

राजकर्णीकारले मंगलवार पत्रकारसम्मेलन गरेर अध्यक्षमा मुरारकालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका छन् भने राणाले पनि बुधवार उम्मेदवार फिर्ता लिने पक्का भएको छ । बुधवार पत्रकार सम्मेलन नै गरेर राणाले उम्मेदावरी फिर्ता लिने महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले बताए ।

fncci ma murarka (3)

एक वर्षअघि निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टचार मुद्दामा पक्राउ परेपछि अध्यक्ष पद रिक्त छ । महासंघको असार १८ गते मा हुने विशेष साधारणसभाले नयाँ अध्यक्ष चयन गर्ने छ ।
पूर्वअध्यक्षहरुको पहलमा सोमवार र मंगलवार भएको छलफलले मुरारकालाई अध्यक्ष बनाउने गरी सहमती जुटाएको हो ।जसका लागि भवानी राणालाई वरिष्ठ उपाध्यक्ष दिने सहमती भएको छ । त्यस्तै, राजकर्णीकारलाई समेत महासंघमा भूमिका दिने सहमती भएको हो ।  भवानी राणालाई वरिष्ठ उपाध्यक्ष दिने सहमती भएपछि मुरारका सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन् । भवानी राणालाई वरिष्ठ उपाध्यक्ष दिने र राजकर्णीकारको अनुभवलाई समेत महासंघले स–सम्मान उपयोग गर्ने गरी सहमती जुटेको महासंघका एक पूर्वअध्यक्षले बताए ।  यसअघि महासंघका ९ जना पूर्वअध्यक्षले सर्वसम्मत नेतृत्व चयनको पहल गरेका थिए ।

अघिल्लो चुनावबाट दुई प्यानलमा छुट्टिएको महासंघ अध्यक्ष पद रिक्त भएपछि तीन चिरा भएको थियो । त्यसलाई मिलाएर अहिले एक बनाउने प्रयास भइरहेको महासंघमा निवर्तमान अध्यक्ष सुरज वैद्यले बताए ।

तीन मध्ये एक उम्मेदबारलाई सहमतीका लागि त्याग गराउन आफू सफल भएको महासंघमा निवर्तमान अध्यक्ष सुरज वैद्यले बताए । अब अर्को उम्मेदवारले पनि सहमतीका लागि त्याग गर्नुपर्ने उनले बताए । ‘भाष्करको त्यागले निजी क्षेत्रमा एकताको सन्देश दिएको छ’ उनले भने, ‘अब महासंघ एक भएर अघि बढ्ने छ ।’ राजकर्णीकारले निजी क्षेत्रमा विभाजन नआओस भनेर आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्