Logo

अझै छन् ‘बारफोन’का दिन

अझै छन् ‘बारफोन’का दिन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१५ असार,काठमाडौं । बुढानिलकण्ठकी सुम्निमा श्रेष्ठले विगत ४ बर्षदेखि आइफोन ५ चालाउँदै आएकी छिन् । आइफोनबाट सामाजिक सञ्जाल चलाउने,गीत संगित डाउनलोड गर्ने तथा मनपरेको पुस्तक पढ्ने गर्छिन् ।

आइफोनमा फोन गर्ने देखि आवश्यक सवै सुविधा भएपनी उनी साथमा सामसुङको बारफोन बोक्न छुटाउदिनन् । ‘खाली समयमा चलाइ रहने हुँदा कतिबेला व्याट्रि सकिन्छ थाहा हुदैन’ उनले भनिन् ‘त्यसैले बारफोन साथमा राखेर हिड्छु ।’

त्यस्तै बालाजुकी  मिना घिमिरे पनि स्मार्टफोनका साथै बारफोन दिएर बाहिर निस्किन्छीन् । इमरजेन्सि प्रयोगका लागि बारफोन बोकेको बताउँछीन् । ‘अर्को स्मार्टफोन बोक्नु भन्दा हलुका तथा टिकाउ भएकोले बारफोन नै उपयुक्त लाग्छ’ उनले भनिन् ।

बजारमा स्मार्टफोनको दबदबाले बारफोनलाई ओझेलमा  परेको छ । यससँगै कतिपयले बारफोनको दिन सकिएको विश्लेषण गरेपनि सुम्निमा र मिनाजस्ता स्मार्टफोन प्रयोगकर्ताले यसलाई जगेडाका रुपमा प्रयोग गरेको देखिन्छ ।

दुईओटा स्मार्टफोन प्रयोग गर्नुभन्दा पनि सस्तो तथा टिकाउ भएकोले मोवाइल प्रयोगकर्ताहरु बारफोनलाई जगेडाका रुपमा प्रयोग गर्न रुचाउने टेलि टु प्रालीका अध्यक्ष पुरुषेत्तम बस्नेत बताउँछन् ।  उनका अनुसार हाल बजारमा विक्री हुनेमध्ये ७० प्रतिशत स्मार्टफोन र अन्य बारफोन रहेको छ । ‘आकार सानो र बोक्न सजिलो भएकोले विकल्पका रुपमा बारफोन नै प्रयोग गर्छन’ उनले भने ।

त्यस्तै स्मार्टफोन प्रयोग गर्न नजान्ने विशेषगरी बृद्धबृद्धाहरुले यसप्रकारको फोन प्रयोग गर्न रुचाउने व्यवसायीहरु बताउँछन् । टिकाउ, बोक्न सजिलो सस्तो, स्मार्टफोनमा भन्दा बारफोनमा व्याट्रि बढी टिकाउ हुन्छ । बजारमा स्मार्टफोनको दबदवा रहेपनी बार फोन विस्थापित नै भने नहुने उनको दावी छ ।

भुकम्पपछी झन बढ्यो मोवाइलको व्यापार

भुकम्पपछी केही समय सुस्ताएको मोवाइल व्यवसाय अहिले अस्वभाविक रुपमा बढेको छ ।

अन्य समयमा मासिक २ लाख ७५ हजारको विक्री हुने गरेकोमा अहिले ३ लाख थान मोवाइल विक्री हुने बस्नेतले बताए । ‘भुकम्प गएको १ महिनासम्म भने व्यापार शुन्य नै भएको थियो उनले भने त्यसपछी भने व्यवसायमा अस्वभाविक बृद्धि भएको छ ’ उनले भने ।

भुकम्पले सिटीसी मल क्षतिग्रस्त बनाएपछी त्यहाँका मोवाइल व्यवसायीहरु न्यूरोड तिर डाइभर्ट हुन थालेका छन् । यससँगै न्यूरोड तथा महाबौद्धको मोवाइल व्यवसायमा बृद्धि भएको मोवाइल व्यवसायी कमला न्यौपानेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्