Logo

नेपाल बैंकको नेतृत्वमा १६० मेवाको लाप्चेखोला जलविद्युतमा १९ अर्ब लगानी, २८ महिनाभित्र विद्युत उत्पादन

नेपाल बैंकको नेतृत्वमा १६० मेवाको लाप्चेखोला जलविद्युतमा १९ अर्ब लगानी, २८ महिनाभित्र विद्युत उत्पादन



काठमाडौं । नेपाल बैंकको लिडिङमा लाप्चे खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । नासा हाइड्रोपावरले निर्माण गर्न लागेको निजी क्षेत्रको सबैभन्दा ठूलो १ सय ६० मेगावाटको सो जलविद्युत आयोजनामा नेपाल बैंकको नेतृत्वमा पाँच बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सम्झौता गरेका हुन् ।

वैदेशिक लगानीमा बन्न लागेको सो आयोजनाको लिडिङ मोतीलाल दुगडले गरेका छन् । दुगड सनराईज बैंकका अध्यक्ष समेत हुन् । कुल २५ अर्ब रुपैयाँ लगानी रहेको सो आयोजनामा बैंकले १९ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । सो जलविद्युत आयोजनामा नासा हाइड्रोपावरले अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी ल्याउने भएको छ । उक्त आयोजना ३० प्रतिशत वैदेशिक लगानी रहने नेपाल बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सो आयोजनाका लागि मंगलबार बेलुका फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरिएको थियो । नेपाल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय बाणिज्य बैंक, कर्मचारी संचय कोष, एसबीआई बैंक लगायतका संस्थाले लगानी गर्ने समेत अधिकारीले जानकारी दिए ।

जसमा सबैभन्दा बढी नेतृत्व गर्ने नेपाल बैंकको साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने छ भने सह नेतृत्व बैंक नेपाल इन्भेष्टमेन्टको साढे ३ अर्ब, कर्मचारी संचय कोषर राष्ट्रिय बाणिज्य बैंकले २÷२ अर्ब लगानी गर्नेछ । यसैगरी नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँ लगानी रहने छ ।

दोलखाको लामाबगरमा लाप्चे खोलामा निर्माण हुने आयोजनालाई दुई वर्षअघिे निर्माण अनुमति पाएको थियो । सो आयोजना वित्तीय व्यवस्थापन भएको २८ महिनाभित्र बनिसक्नेगरी सम्झौता भएको समेत अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्