Logo

डिजल र मट्टितेलको मूल्य १ रुपैयाँले बढ्यो, पेट्रोल र एलपि ग्यासको मूल्य यथावत

डिजल र मट्टितेलको मूल्य १ रुपैयाँले बढ्यो, पेट्रोल र एलपि ग्यासको मूल्य यथावत



काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य बढाएको हो ।

ईण्डियन आयल कर्पोरेशनले पछिल्लो पटक पठाएको मूल्य अनुरुप निगमले डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । पेट्रोल, हवाई ईन्धन र एलपि ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखिएको निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिएका छन ।

मूल्य समायोजन गरे पछि नेपालको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य २० रुपैयाँ ४१ पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १७ रुपैयाँ १६ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जानकारी दिएको छ ।

मूल्य समायोजन पछि निगमको डिपो र विक्री विन्दु देखि १५ किलोमिटर क्षेत्रभित्र डिजेलर मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा प्रति लिटर ९८ रुपैयाँ, पोखरा र दाङमा प्रतिलिटर ९७ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) प्रति लिटर ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्