Logo

भृकुटीमण्डपमा ३२ थरीका आँप

भृकुटीमण्डपमा ३२ थरीका आँप


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ असार,काठमाडौं । शनिवार भृकुटीमण्डपमा धेरै मानिसले जीवनमा पहिलो पटक एकै ठाँउमा ३२ प्रकारका आँप देख्ने मौका पाए । यति मात्र होइन नेपालमै उत्पादन भएका गुणस्तरिय र ,ताजा आँप चिन्ने तथा ताजा आँप सस्तोमै किन्न पनि पाए ।

यो सवै अवसर जुराएको होे फलफुल विकास निर्देशनालय र नेपाल फलफुल थोक व्यवसायी संघले । मेलामा स्वदेशमा उत्पादित आँपका नमुना प्रदर्शनमा राख्नुका साथै विक्री पनि गरिएको छ ।

mango-sampleसर्वसाधारणले कुन आँप कस्तो हुन्छ चिनुन भन्ने उद्देश्यका साथ नमुना राखिएको फलफल विकास निर्देशनालयका निमित्त कार्यक्रम निर्देशक कृष्ण काफ्लेले बताए । ‘उपभोक्तालाई आँपको प्रकारबारे जानकारी नहुँदा सस्तोलाई महंगोमा किनिरहेका छन् ’ उनले भने ‘आँपको विशेषता तथा प्रकारबारे थाहा दिन नमुना राखेका हौं ।

10400055_671476456318829_6889239749719111223_n

शुक्रवारदेखि शुरु भएको मेलामा हालसम्म १० लाख भन्दा बढीको व्यापार भएको नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले जानकारी दिए ।

मेलामा ८ ओटा होलसेल तथा ५ ओटा खुद्रा स्टल रहेका छन् । मेलामा उपभोक्ताको उपस्थिती उत्साहजनक रहेको उनले जानकारी दिए । ‘अन्य फलफुलको सिजनमा पनि मेला आयोजना गर्ने प्रेरणा मिलेको छ’ बानियाँले भने । अव स्याउ तथा सुन्तलालगायतको मेला गरिने उनले जानकारी दिए ।

10412012_671476392985502_4307449451330434950_n
कृषकहरुलाई नेपाली आँपको लोकप्रियताका बारेमा जानकार दिन पनि मेला ले सहयोग पुर्याउने निर्देशलालयका निमित्त कार्यक्रम निर्देशक काफ्ले बताउँछन् । त्यस्तै किसानहरुलाई आफ्नो उत्पादनको मूल्य तोक्न नसक्दा मर्कामा परेको उनले जानकारी दिए । असिनाले झर्ने तथा कुहिने डरले आँप फलेदेखिनै बगैचाँ सस्तो मूल्यमा बेच्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्