Logo

पूर्ननिर्माणका लागि रू.४ सय अर्ब सहयोगको घोषणा

पूर्ननिर्माणका लागि रू.४ सय अर्ब सहयोगको घोषणा


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संबाददाता

१० असार,काठमाडौ । काठमाडौंको सोल्टि होटलमा जारी दाता सम्मेलनमा विभिन्न अन्तरराष्ट्रिय मुलुक तथा दातृ निकायले पूर्न निर्माणका लागि करिव ४ सय अर्व रुपैयाँ सहयोगको बचन दिएका छन् । सम्मेलनमा भारतले नेपालको पूनः निर्माणका १ अर्व रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

सम्मेलनमा सहभागी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो घोषणा गरेकी हुन् ।

१ खर्व रुपैयाँमध्ये ४० प्रतिशत अनुदान र बाँकी ऋण सहयोग हुने उनले जानकारी दिएकी छिन् । स्वराजका अनुसार भारतले आगामी ५ बर्षभित्र नेपाललाई सो सहयोग उपलब्ध गराउने छ ।

 जापान सरकारले नेपालको पुननिर्माणमा २६ अर्व सहयोगको घोषणा गरेको छ । सम्मेलनमा जापानी विदेश राज्यमन्त्री मिरोरु कियाचीले यस्तो घोषणा गरेको हुन् । भुकम्प प्रतिरोधात्मक विद्यालय निर्माण तथा आवास निर्माणका लागि सो सहयोग गरिएको बताइएको छ ।

सम्मेलनमा सहभागी चीनिया विदेशमन्त्री वा यीले ६५ अर्व सहयोगको घोषणा गरेका छन् । त्यस्तै नर्वेले पनि १० अर्व सहयोग गर्ने भएको छ । युरोपियन युनियन(इयु) ले ११ अर्ब रूपैयाँ अनुदान दिने भएको छ।

एसियाली विकास बैंक (एडिबी) ले भूकम्पपछी पूर्ननिर्माणका लागि २५ अर्व रुपैयाँ सहयोगको घोषणा गरेको छ । एडिबीले २० अर्ब रुपैयाँ पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण ऋण र ५ अर्व बजेटका लागि अनुदान स्वरुप दिएको हा् । साथै भविष्यमा सहयोग थप गरि ६० अर्व पुर्याउने घोषणा गरेको छ ।

सम्मेलनमा सहभागी भएका विदेशी पाहुनालाई परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्