Logo

कृषि विकास बैंक घोटला, पौने ३ अर्ब विगोसहित ८ जना विरुद्ध अख्तियारले चलायो मुद्दा

कृषि विकास बैंक घोटला, पौने ३ अर्ब विगोसहित ८ जना विरुद्ध अख्तियारले चलायो मुद्दा



काठमाडौं । अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बैंकमा घोटला गरेको अभियोगमा ८ जना कर्मचारी विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जना कर्मचारीविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कृषि विकास बैंकमा २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानी पुर्याएको अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ । सोही अनुरुप उनीहरू आठै जनन विरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।

साथै सो सम्बन्धमा अनुसन्धान हुँदा उक्त बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको भेटिएको छ ।

यसैगरी शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र तथा ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुमार्फत भुक्तानी लिने लिएको भेटिएको छ ।

साथै उनीहरुले नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैंकिङको दुरुपयोग गरेको आरोपत्रमा उल्लेख छ ।

निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी र्पुयाएको पुष्टि भएको भन्द भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम देहाय बमोजिमको विशेष अदालतमा आरोपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्