Logo

एसएलसीको नतिजा सार्वजनिक, ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण

एसएलसीको नतिजा सार्वजनिक, ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण


रामराजा श्रेष्ठ
0
Shares

४ असार, काठमाडौं । यसवर्षको एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । अघिल्लो वर्ष एसएलसीमा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यस वर्षको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा १ लाख ४५ हजार १ सय ८३ तथा प्राविधिकतर्फ ३ हजार २ सय ८८ विद्यार्थि सहभागी थिए ।

एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि क्ीऋ लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखेर ४९४९, ५००१, ५२२५, ५५६६, १६०० र ७६७६ मा एसएमएस गर्न सकिने छ ।

slc,,

यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

शिक्षा विभागको वेवसाइट www.doe.gov.np  र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेवसाइट www.soce.gov.np [डाउनलोड] मा परीक्षाफल हेर्न सकिने व्यवस्था छ । त्यस्तै, www.slc.ntc.net.np, www.ncell.com.np मा पनि परीक्षाको नतिजा हेर्न सकिन्छ । यस वर्षदेखि सुरु भएको प्राविधिक तर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक सातापछि प्रकाशित हुने र श्रेणीकरण (वर्गीकरण) पद्धतिबाट नतिजा सार्वजनिक गरिने परिक्षा नियन्त्रक द्वारेले बताए ।

थप जानकारीका लागि ।

SLC 2072
SLC 2072

प्रतिक्रिया दिनुहोस्