Logo

प्याराग्लाईडिङमा प्राधिकरणको थप कडाई : ६ महिनाभित्र नविकरण नगरे स्वतः रद्द, दुर्घटना भए फौजदारी मुद्दा

प्याराग्लाईडिङमा प्राधिकरणको थप कडाई : ६ महिनाभित्र नविकरण नगरे स्वतः रद्द, दुर्घटना भए फौजदारी मुद्दा



काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले प्याराग्लाईडिङ संचालनमा थप कडाई गर्ने भएको छ । पछिल्लो समय कतिपय प्याराग्लाइडिङ संचालन गर्ने कम्पनीहरुले नविकरण नै नगरी अबैधानिक रुपमा संचालन गर्न थालेपछि प्राधिकरणले कडाई गर्न लागेको हो ।

पछिल्लो सयम नेपालको पर्यटन क्षेत्रमा साहसिक पर्यटनका रुपमा पर्यटकलाई आकर्षित गर्दै आएको प्याराग्लाईडिङ संचालनमा प्रतिस्पर्धा बढेसँगै प्राधिकरणले यसको नियमनमा थप कडाई गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगत फ्लाईट सेफ्टि स्टाण्डर्डस बिभागले एक सूचना जारी गर्दै अनुमति बेगर संचालनमा रहेका प्याराग्लाईडिङ कम्पनीहरुलाई अबका दिनमा अनुमति लिएर मात्रै काम कारवाही अघि बढाउन निर्देशन दिएको छ ।

बिभागले मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ (दोस्रो संशोधन २०७४) को नियम ७ बमोजिम मनोरञ्जनात्मक उड्डयन संचालन प्रमाणपत्र नलिई त्यस्ता कार्य नगराउन सम्बन्धित सबैलाई निर्देशन दिएको हो ।

यस अघि प्राधिकरणबाटै अनुमति लिएका भए पनि पछिल्लो समयमा नविकरण नै नगरी बिना अनुमति उडान गरेको पाएकाले बिभागले सूचना जारी गरेरै निर्देशन दिनुपरेको परेको बिभागका मनोरञ्जनात्मक उड्डयन शाखाका प्रवन्धक देवेन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

प्राधिकरणले एक बर्षको लागिमात्रै उडान अनुमति दिने भएकाले एक बर्ष भन्दा बढी समय भएका कम्पनीहरुलाई अनुमति नविकरण गर्न उक्त सुचना जारी गर्नु परेको पाण्डेले बताए । कम्पनीले नविकरण गर्नु पर्ने समयसिमा नाघेको ६ महिनासम्म केही दस्तुर तिरेर पुनः उडान गर्न पाउने छन । तर ६ महिना भन्दा बढी समय नाघेको खण्डमा भने स्वत कम्पनीनै रद्द हुने पाण्डेले बताए ।

पाण्डेको अनुसार ६ महिनासम्म पनि नवीकरण नगरि कम्पनी संचालन गरेको पाईएमा १० हजार रुपैयाँसम्म जरीवाना लगाउन सक्ने छन । पाण्डेका अनुसार सो अवधिमा कुनै दुर्घटना भएमा फौजदारी कानुन अनुसार जाने प्रावधान रहेको छ ।

उनका अनुसार ६७ ओटा प्याराग्लाईडिङ कम्पनी नेपालमा दर्ता भएका छन । जस मध्ये करिव १ दर्जन कम्पनीले भने अझै नविकरण गरेका छैनन् । तर प्याराग्लाईडिङ ब्यवसायी शैलेन्द्र रावतले भने नविकरण गर्न कुनै समस्या नभए पनि सरकारी प्रक्रियाले गर्दा नै भनेको समयमा नविकरण हुन नसकेको बताउँछन् ।

‘हामी नविकरण गर्नु भन्दा ४५ दिन पहिलेनै निवेदन पठाईसकेका हुन्छौं । तर, सरकारी प्रकृयाले गर्दा नै भनेको समयमा नविकरण हुन पाउँदैनन,’ पाण्डेले भने, ‘केही कम्पनीहरुले भने जरिवाना तिरेरै भए पनि संचालन गरिरहेका छन् जसले गर्दा दुर्घटना निम्त्याउन पनि सकिन्छ ।’ हरेक क्षेत्रमा हुने बिभिन्न मेला महोत्सवमा बिना अनुमति प्याराग्लाईडिङ उडान गर्नाले पनि हवाई उडानमा समस्या हुने गरेको रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL