काठामाडौं । चालू आर्थिक बर्षका पहिलो ३ महिनामा १६ अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । चालू आबको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेर २८ वटा बाणिज्य बैंकहरुले उक्त मुनाफा आर्जन गरेका हुन् ।
बैंकहरुको समग्र नाफामा सामान्य सुधार भएपनि गत आबको सोही अबधिको तुलनामा वृद्धिदर भने घट्न पुगेको तथ्याङ्कले देखाएको छ । गत आवको सो अधिमा कुल २५ प्रतिशतले नाफा बढाएका बाणिज्य बैंकको चालू आबको सोही अबधिमा भने ६ प्रतिशतमा खुम्चित पुगेको छ । गत आबको पहिलो ३ महिनामा बाणिज्य बैंकहरुले कुल १५ अर्ब २२ करोड रुपैयाँ कमाएका थिए।
चालू आबको पहिलो ३ महिनामा सबैभन्दा बढि नाफा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले कमाएको छ । सो अबधिमा बाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी बाणिज्य बैंकलाई पच्छ्याउँदै नविल बैंकले पनि १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अबधिमा २० बाणिज्य बैंकले आफ्नो नाफा बढाउँदा ८ बाणिज्य बैंकको भने गत आबको सोही अबधिको तुलनामा घट्न पुगेको छ । सो अबधिमा सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको छ ।
सो अबधिमा सबैभन्दा बढि नेपालको बैंकको नाफामा गिरावट ााएको छ भने अग्रपंतीको दौडमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा पनि गिरावट आएको छ । यसैगरी सो अबधिमा एनसिसी, सिटिजन्स, सिद्धार्थ, बैंक अफ काठमाण्डु, सिभिल र एसबिआई बैंकको नाफामा गिरावट आएको छ ।