Logo

तामाकोशीले सेयर नपरेकालाई पैसा फिर्ता दिन थाल्यो, १७ अर्व फिर्ता गरिँदै

तामाकोशीले सेयर नपरेकालाई पैसा फिर्ता दिन थाल्यो, १७ अर्व फिर्ता गरिँदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२ असार, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सेयर नपरेकाहरुलाई पैसा फिर्ता दिन सुरु गरेको छ । आजै देखि पैसा फिर्ता दिन थालिएको आयोजनको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । आयोजनाको सेयर निष्काशन जिम्मा नागरिक लागानी कोष र एनसिएम मर्चेन्ट बैंकिङले पाएको थियो । ‘धितोपत्र बोर्ड नियम अनुसार सेयर निष्काशन भएको ५ दिनपछि आवेदकहरुको सेयर नपरेको रकम फिर्ता गर्नुपर्छ,’ उनले भने, ‘सोही अनुरुप हामीले फिर्ता गर्न लागेका हौं ।’

आयोजनाले त्यतिवेला २ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बरावरको २ करोड ५४ लाख १६ हजार कित्ता सेयर निष्काशन गरेको थियो । तर, सोको लागि १९ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको थियो । आयोजनाले सेयर आवेदकको झण्डै १७ अर्व रुपैयाँ फिर्ता गर्ने छ । उक्त आयोजनाको सेयर बाँडफाँड जेठ २९ गते भएको थियो ।

पैसा फिर्ताका लागि आवेदकले दरखास्त फारक बुझाउँद प्राप्त गरेको अर्धकट्टीको रसिद अनिवार्य रुपमा पेश गर्नुपर्ने हुन्छ । साथै, आफ्नो परिचय खुल्ने कुनै आधिकारीक पत्र समेत बुझाउनु पर्ने हुन्छ । साथै, आवेदकहरुले आफुले सेयर भरेको संकलन केन्द्रबाट सेयर नपरेको पैसाको एकाउण्ट पेयी चेक र सेयर प्रमाणपत्र लिने सक्ने आयोजनाले जनाएको छ ।

त्यतिवेला कर्मचारी सञ्चय कोषका बचतकर्ताले ५० कित्ता देखि २ सय ९३ कित्तासम्म सेयर पाएका छन् । उनीहरुले न्युनतम ५० देखि ५ हजार कित्तासम्म सेयर माग गरेका थिए । १ लाख ९१ हजार ९ सय ५९ जना सञ्चय कर्ताले सेयर पाएका छन् ।

आयोजनामा ऋण लागनी गर्ने राष्ट्रिय बीमा संस्थानका कुल कर्मचारीलाई ३ लाख ४ हजार ९ सय ९२ कित्ता सेयर दिइएको थियो भने नेपाल टेलिकमका कर्मचारीलाई ९ लाख १४ हजार ९ सय ७६ कित्ता सेयर दिइएको छ ।

यसैगरी संचय कोषका कर्मचारीहरुले कुल १५ लाख २४ हजार ९ सय ६० कित्ता सेयर पाएका थिए भने त्यस्तै नागरिक लगानी कोषका कर्मचारीहरुलाई कुल ३ लाख ४ हजार ९ सय ९२ कित्ता सेयर दिइएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र माथिल्लो तामाकोशी आयोजनाका कर्मचारीले भने ५० देखि ४ सय २३ कित्ता सेयर पाएका छन् ।

दोलखावासीका लागि छुट्याइएको १ करोड ५ लाख ९० हजार कित्ता सेयर पनि केही समय भित्रै विवरणपत्र प्रकाशन गरी निष्काशन गरिने पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL