Logo

सुमार्गी लगानीको हेल्लोले देशभर सेवा सञ्चालनको अनुमति माग्यो

सुमार्गी लगानीको हेल्लोले देशभर सेवा सञ्चालनको अनुमति माग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवदादाता

१ असार, काठमाडौं । व्यवसायी अजय सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाईट प्रालिले देशैभर मोबाइल सेवा सञ्चालनको अनुमति मागेको छ । मध्यपश्चिम र सुदूरपश्चिममा हेल्लो ब्राण्डमा मोबाइल सेवा सञ्चालन गर्दै आएको नेपाल स्याटेलाईटले देशैभर जान प्राधिकरणसँग अनुमति मागेको हो ।

हेल्लोले आफ्नो सर्त पुरा गरिसकेको भन्दै देशैभर मोबाइल सेवा सञ्चालनको अनुमति मागेको प्राधिकरणका एक अधिकारीले बताए । ‘हेल्लोले हालै एक पत्र पठाएर पूर्वसर्तअनुसार अव देशैभर सेवा सञ्चालन गर्न पाउनुपर्ने भन्दै त्यसका लािग अनुमति मागेको छ’ उनले भने, ‘अब प्राधिकरणले त्यसउपर अध्ययन गर्ने छ ।’

प्राधिकरणबाट आधारभुत टेलिफोन सेवा सञ्चालनको लागि अनुमति प्राप्त हेल्लोले पहिलो सर्तअनुसार मध्यमपश्चिम र सुदूरपश्चिममा सेवा सञ्चालनमा ल्याईसकेको जनाएको छ । त्यस्तै, दुवै ठाउमा मागअनुसारको सेवा दिन सक्ने गरी नेटवर्क समेत विस्तार गरिसकेको दाबी गरेको छ ।

हेल्लोले देशैभर सेवा सञ्चालनको अनुमति मागेपछि प्राधिकरणले उसले सर्त पुरा गरे/नगरेको अनुगमण तथा निरिक्षण गर्ने भएको छ । यसका लागि प्राधिकरणले इच्छुक संस्थाबाट दरखास्त समेत आह्वान गरेको छ । प्राधिकरणका कर्मचारीको समेत सहभागीतामा कुनै संस्थाबाट हेल्लोको सेवा तथा नेटवर्कको निरिक्षण तथा अनुगमण गर्ने प्राधिकरणले जनाएको छ ।

नेपाल स्याटेलाईटले २०६४ फागुन ४ गते आधारभुत टेलिफोन सेवा सञ्चालनका लागि अनुमति प्राप्त गरेको थियो । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल नेतृत्व सरकारले उसलाई विभिन्न सर्त राखेर सेवा सञ्चालनको अनुमति दिएको थियो ।
हाल हेल्लोले एलएमएस र डब्लुएलएल प्राविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ । हाल हेल्लेको २ हजार ९ सय ८४ जना डब्लुएलएल र २ लाख ८३ हजार ४ सय ६८ जना एलएमएस प्रयोगकर्ता रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL