Logo

विश्व पर्यटन दिवसमा हवाई कम्पनीदेखि होमस्टेसम्म सम्मानित, सबैभन्दा बढि राजस्व बुझाउनेमा बुद्ध एयर

विश्व पर्यटन दिवसमा हवाई कम्पनीदेखि होमस्टेसम्म सम्मानित, सबैभन्दा बढि राजस्व बुझाउनेमा बुद्ध एयर



काठमाडौं । ४० औं विश्व पर्यटन दिवसको अवसरमा सरकारले बिभिन्न संघसंस्थाहरुलाई सम्मान गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले हवाई कम्पनी देखि घरबास (होमस्टे) सम्मलाई सम्मानित गरेको हो ।

राज्यमन्त्री बुढाले सबैभन्दा बढी पर्यटक भित्र्याएको भन्दै शुक्रबार कतार एयरवेजलाई पुरस्कृत गरेको छ । उक्त कम्पनीले गत बर्ष ३ लाख ९९ हजार ३ सय ३६ जना पर्यटक नेपाल भित्र्याएको थियो ।

त्यस्तै राज्यमन्त्री बुढाले सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने फ्लाइट कनेक्सन डमेस्टिक प्रालिलाई समेत सम्मान गरेको छ । प्रालिले ९४ लाख ५३ हजार २ सय ८३ अमेरिकी डलर भित्र्याएको थियो ।

निजी क्षेत्रबाट सबैभन्दा धेरै राजस्व बुझाउने बुद्ध एयरलाई समेत कार्यक्रममा सम्मान गरिएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड ६७ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ राजस्व सरकारलाई बुझाएको थियो ।

त्यस्तै हिमाल आरोहण टोलिमार्फत सबैभन्दा धेरै राजस्व बुझाउने सेभेन समिट ट्रेक्स पुरस्कृत भएको छ । उसले गतवर्ष २५ पर्वतारोहण दलबाट २६३ पर्वतारोही ल्याएर ९ लाख ३० हजार १९० डलर राजस्व जम्मा गरेको थियो ।

निजी क्षेत्रबाट पर्यटकिय गन्तव्यको विकास गरेको भन्दै कालिन्चोक दर्शन, सोल्टी होटल, द बेकर क्याफे, र सामुदायिक होमस्टे तर्फ नाम्जेथुम्की सामुदायिक होमस्टे, धनकुटा र फिस्टेल लज पोखरालाई सम्मान गरेको छ

प्रतिक्रिया दिनुहोस्
MBL