Logo

कालिञ्चोक देखि दार्जिलिङ सम्मको टुर, ४५ सय देखि १९ हजार सम्मका यस्ता छन दशैं तिहार प्याकेज

कालिञ्चोक देखि दार्जिलिङ सम्मको टुर, ४५ सय देखि १९ हजार सम्मका यस्ता छन दशैं तिहार प्याकेज



काठमाडौं । दशैं तिहारको छुट्टी मनाउने सोचमा हुनुहुन्छ भने हिल ट्राभल एण्ड टुर्स प्रालिले आकर्षक कालिञ्चोक टुर प्याकेज सार्वजनिक गरेको छ ।

पछिल्लो समयमा नेपालीहरु दशैं तिहार वा फुर्सदको समयमा आन्तरिक भ्रमण गर्नेक्रम बढेसँगै बिभिन्न ट्राभल कम्पनीहरले आकर्षक प्याकेजको घोषणा गर्ने गरेको पर्यटन ब्यवसायीहरुले बताउँदै आएको छ ।

त्यस्तै राजधानीको धुलो तथा फोहोरबाट वाक्क लागेका बेला रिफ्रेसमेन्टको लागि हिल ट्राभल एण्ड टुर्स प्रालिले कालिञ्चोक टुरको प्याकेज सार्वजनिक गरेको हो ।

कम्पनीले काठमाडौं देखि कालिञ्चोक सम्म ४५ सय रुपैयाँमा एक रात २ दिनको प्याकेज सार्वजनिक गरेको कम्पनीका अध्यक्ष सरोजमोहोन लामाले जानकारी दिएका छन । कम्पनीले कालिञ्चोकसँगै दोलखाको भिमेश्वर मन्दिर, जिरी तथा शैलुङको लागि समेत आकर्षक प्याकेज बनाएको छ ।

त्यस्तै ईमेज ट्रेक एण्ड ट्राभल्स सर्भिस प्रालिले दशैं तिहार लक्षित प्याकेज अन्तगरत मुस्ताङ, रारा, मार्दी हिमाल, दार्जिलिङ–सिकिम, भारतकै नैनी ताललगायतका रहेको छ ।

५ हजार ४ सय ९९ सय रुपैयाँ देखी १८ हजार ४ सय ९९ सय रुपैयाँ सम्मको प्याकेज रहेको ईमेज ट्रेक एण्ड ट्राभल्स सर्भिस प्रालिका म्यानेजर सौरव तामाङले जानकारी दिएका छन ।

उनका अनुसार मुस्ताङ ४ रात ५ दिनको ९ हजार ४ सय ९९ रुपैयाँ, राराको लागि ६ रात ७ दिनको १६ हजार ४ सय ९९ रुपैयाँ, अन्नपूर्ण बेस क्याम्प ७ रात ८ दिनको १८ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै भारतको नैनी ताल ५ दिन ६ रातको लागि १२ हजार ९ सय ९९ रुपैयाँ, दार्जिलिङ–सिकिम ५ दिन ६ रातको लागि ११ हजार ४ सय ९९ रुपैयाँ, घले गाउँ बन्दीपूर र सिग्लेस ३ रात ४ दिनको लागि ५ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL