Logo

भुकम्प पिडित कृषकहरुलाई ८ अर्ब रुपैयाँ दिईँदै

भुकम्प पिडित कृषकहरुलाई ८ अर्ब रुपैयाँ दिईँदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१९ जेठ, काठमाडौं । भुकम्प पिडित कृषकहरुका लागि विभिन्न प्याकेज अन्तरगत ८ अर्व रुपैयाँभन्दा बढी रकम वितरण गरिने भएको छ । विभिन्न जिल्लाको भुकम्प पिडित कृषिकहरुलाई अल्पकालिन र मध्यकालिन योजना बनाएर उक्त रकम वरावरको कृषि सामग्री वितरण गर्न लागिएको कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए । ‘हामीले क्षति भएका सम्पूर्ण कृषकको वितरण लिएर दुई तहको योजना बनाएर सरकार समक्ष पेश गरेका छौं,’ उनले भने, ‘हाल सो विषयमा छलफल भइरहेको छ ।’

सरकारले आफुहरुले माग गरेजति बजेट नदिएपनि मन्त्रालय अन्तरगतको विभिन्न शिर्षकबाट मिलाएर कृषकलाई राहत वितरण गरिने उनको भनाइ छ । हाल मन्त्रालयले राहत स्वरुपमा भुकम्पबाट अति प्रभावित १४ वटा जिल्लामा धानको विऊ वितरणको लागि पठाइसकेको छ । ती जिल्लाहरुका लागि विभिन्न जातका ४ सय २३ मेट्रिक टन धानको बीऊ पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

बैशाख १२ गते आएको शक्तिशाली भुकम्प र त्यसपछिका पराकम्पनबाट कृषकका साढे ९ अर्व रुपैयाँभन्दा बढी क्षति भएको छ । जसमा बाली तर्फ ८ अर्व ११ करोड रुपैयाँ क्षति भएको छ भने पुशपक्षि तर्फ १ अर्व ४७ करोड रुपैयाँ बरावरको क्षति भएको ठाकुरले जानकारी दिए ।

भुकम्पले देशभरमा १७ हजार ठूला र ४० हजार सना पशु मरेका थिए । त्यसैगरी, ५ लाखभन्दा बढी पशुपक्षी मरेको मन्त्रालयले जानकारी दिएको छ ।

कृषकहरुलाई मल तथा बीऊ बीजन किन्न, यन्त्र उपकरण, गोठ सुधार र आगामी दिनमा भैपरी आउने क्षति न्युनिकरणका लागि सो रकम वितरण गरिने समेत मन्त्रालयले जानकारी दिएको छ । साथै, आधुनिक प्रविधिमा जानका लागि समेत राहत स्वरुप पैसा दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्