Logo

डिजिटल पेमेन्टको सेवाशुल्क तोक्दै राष्ट्र बैंक, बजार अध्ययन गरेर मात्र नयाँ लाईसेन्स दिईने

डिजिटल पेमेन्टको सेवाशुल्क तोक्दै राष्ट्र बैंक, बजार अध्ययन गरेर मात्र नयाँ लाईसेन्स दिईने



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अबका दिन प्रविधिमा आधारित भुक्तानी प्रणालीको सेवा शुल्क तोक्ने बताएका छन । हाल राष्ट्र बैंकले देशलाई डिजिटलाईजेशनमा लैजानका लागि प्रविधिमा आधारित भुक्तानी सेवा प्रदायकलाई लाईसेन्स दिईएको र आगामी दिनमा यसको नियमन र अनुगमन गरिने उनले जानकारी दिए ।

अहिले देशमा तीन तहका जनता भएको र अबका दिन उनीहरुका लागि मिल्ने खालका प्रविधिमा आधारित भुक्तानी प्रणाली ल्याउनुपर्ने उनले जानकारी दिएका छन । ‘अहिले डिजिटल पेमेन्टमा चुनौती र अबसर दुबै छन भने सोही अनुरुप लगानी पनि उच्च छ,’ सेलपेको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘सोही अनुरुप राष्ट्र बैंकले यसको अनुगमन र शुल्क तोक्ने विषयमा गृहकार्य गर्दै आएको छ ।’

विश्व आधुनिकतासँगै धेरै अगाडी पुगिसकेपनि नेपाल भने भर्खर प्रविधिमा फड्को मारिरहेको बताउँदै उनले नेपालको सबैभन्दा ठुलो उपभोक्ता समुहलाई यस क्षेत्रमा समाबेश गरिनुपर्ने बताएका हुन । साथै अर्थतन्त्रलाई चलायमान बनाई राख्नका लागि पनि प्रविधिमा आधारित भुक्तानी सेवाको ठूलो महत्व रहेको उनको तर्क थियो । अबका दिनमा नेपाली बजारले धान्न सक्नेजती मात्रै यस्ता सेवा संचालनको अनुमतिपत्र प्रदान गरिने उनको भनाई छ ।

कार्यक्रममा सेलपेका अध्यक्ष दिपक मल्होत्राले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जसरी प्रविधिमा आधारित भुक्तानी प्रणालीको लाईसेन्स हचुँवाको भरमा वितरण नगर्न आग्रह गरेका थिए । ‘नेपालका लागि कतिओटा पेमेन्ट गेटवे चाहिने हो त्यसको अध्ययन गरिनुपर्छ,’ उनले भने, ‘सोही आधारमा लाईसेन्स दिनुपर्छ ’

मंगलबार प्रविधिमा आधारित भुक्तानी सेवा सेलपेको औपचारिक सार्वजनिक गरिएको छ ।
सेलपे वालेट नबनाईकन बैंकिङ सेवा लिन सकिने भुक्तानी प्रणाली भएको र यसबाट बैंकिङ कारोबार गर्न पनि सहज रहेको कम्पनीका अध्यक्ष मल्होत्राले जानकारी दिए । उनका अनुसार रियल टाईममा सेवा बैंकिङ सेवा उपलब्ध गर्न र सरल र सहज रुपमा मोबाईलमार्फत बैंकिङ सेवा प्रदान गर्नका लागि उक्त सेवाको सुरुवात गरिएको हो ।

विजुली, खानेपानीको बील तिर्न, टेलिभिजनको टपअप, मोबाईल टपअप, सपिङ लगायतका क्रियाकलापमा यसको उपयोग गर्न सकिन्छ । साथै एक बैंकदेखि अर्काे बैंकमा रकम जम्मा गर्नका लािग पनि उक्त सेलपे अति उपयोगी रहेको अध्यक्ष मल्होत्राले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्