Logo

१३ हजार लगानीकर्ताले लिए सेयर खरिदबिक्रीको अनलाईन सेवा, सबैभन्दा बढि भिजन सेक्युरिटिजमा (सूचिसहित)

१३ हजार लगानीकर्ताले लिए सेयर खरिदबिक्रीको अनलाईन सेवा, सबैभन्दा बढि भिजन सेक्युरिटिजमा (सूचिसहित)



काठमाडौं । सेयर कारोबारका लागि अनलाईन सेवा लिने लगानीकर्ताहरुको संख्या १३ हजार पुगेको छ । पछिल्लो समय नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबारका लागि अनलाईन सेवा संचालनमा ल्याएसँगै लगानीकर्ताले ब्रोकर अफिसबाट अनलाईन कारोबारका लागि अनुमति लिने क्रम बढेको हो ।

लगानीकर्ताले अनलाईनमार्फत सेयर खरिदबिक्री गर्न ब्रोकर कहाँ दर्ता भएर युजर नेम र पासवर्ड लिनुपर्छ । हालसम्म १२ हजार ९ सय ९८ जना लगानीकर्ताले अनलाईन कारोबारका लागि अनुमति लिएको नेप्सेले जानकारी दिएको छ ।

लगानीकर्ताले युजर नेम र पासवर्ड लिएपछि ब्रोकर कहाँ नपुगिकनै नअलाईनमार्फत सेयर खरिदबिक्री गर्न सक्छन् । नेप्सेले दिएको जानकारी अनुसार बिहीबारसम्म भिजन सेक्युरिटिजबाट लगानीकर्ताले अनलाईन कारोबारका लागि अनुमति लिएका छन् ।

भिजनबाट १ हजार ३ सय ८१ जना लगानीकर्ताले अनलाईन कारोबारका लागि अनुमति लिँदा सोस्रोमा आर्यतारा इन्भेष्टमेन्ट रहेको छ । हालसम्म आर्यताराबाट १ हजार ३ सय २६ जना लगानीकर्ताले अनलाईन कारोबारका लागि अनुमति लिएका नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL