Logo

कार्यवाहकको जिम्मेवारीमा रहेका खनालनै बने प्राधिकरणको अध्यक्ष, मन्त्रिपरिषदले गर्याे निर्णय

कार्यवाहकको जिम्मेवारीमा रहेका खनालनै बने प्राधिकरणको अध्यक्ष, मन्त्रिपरिषदले गर्याे निर्णय



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा प्राधिकरणकै कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका पुरुषोत्तम खनाल नियुक्त भएका छन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले खनाललाई प्राधिकरणको अध्यक्षका रुपमा नियुक्त गरेको हो ।

प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झाले ६ महिना अघि राजिनामा दिएपछि निमित्त हुँदै खनालले कार्यवाहकक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्राधिकरणका वरिष्ठ निर्देशक हुँदा उनी प्रशासन महाशाखा प्रमुखको भुमिकामा थिए । उनलाई ६ महिनाका लागि कार्यवाहक अध्यक्षको रुपमा नियुक्त गरिएको थियो ।

उनको कार्यवाहक अध्यक्षको म्याद भने आगामी २४ गतेमात्रै सकिने थियो । प्राधिकरणको अध्यक्ष पदका लागि संचार तथा सुचना प्रविधि मन्त्रालयले गत जेठमा आवेदन खोलेको थियो । सोही अनुसार उक्त आवेदनमा नेपाल टेलिकमका पूर्व एमडी देखि राजनितिज्ञ सम्मले आवेदन दिएकामा प्राधिकरणका कार्यवाहक अध्यक्ष खनालसहित ३ जनाको नाम सर्टलिस्टमा परेको थियो ।

मन्त्रालयमा गठित अध्यक्ष छनोट समितिले सबै उम्मेदवारको कार्यपत्र हेर्दै उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्