Logo

महासंघ अध्यक्षको चुनाव असार १८ गते, विशेष साधारणसभा डाकियो

महासंघ अध्यक्षको चुनाव असार १८ गते, विशेष साधारणसभा डाकियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ जेठ, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि आगमी असार १८ चुनाव हुने भएको छ । बुधवार बसेको महासंघको कार्यसमिति वैठकले यस्तो निर्णय गरेको हो । अध्यक्षको रिक्त पदलाई अनुमोदन गर्दै विशेष साधारणसभा तोकिएको महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए ।

‘आगमी आसर १८ गतेलाई विशेष साधारणसभा तोकेका छौं’ गोल्छाले भने, ‘विशेष साधारणसभाले अध्यक्ष निर्वाचित गर्ने छ ।’

२०७० मा महासंघका अध्यक्षमा निर्वाचित प्रदीपजंग पाण्डे फौजदारी अभियोगमा पक्राउ परेका थिए । त्यसपछि महासंघ स्थाइ कमिटिले महासंघको अध्यक्ष पद रिक्त भएको निर्णय गरेको थियो । उक्त निर्णयलाई अनुमोदन गर्दै कार्यसमिति वैठकले विशेष साधारणसभा डोको हो ।

महासंघको विधानमा अध्यक्ष पद रिक्त भएको अवस्थामा कार्यबाहक अध्यक्षले विशेष साधारणसभा बोलाएर अध्यक्षका लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । विधानअनुसार अध्यक्षको निर्वाचनका लागि विशेष साधारणसभा डाकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL