काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिर्ने ४३ जना व्यवसायी तथा मर्फलाई पत्र काटेको छ । आन्तरिक राजस्व कार्यलयले मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर नतिर्ने विभिन्न ४३ कम्पनी विरुद्ध पत्र काटेको हो ।
कार्यालयले ति कम्पनीहरुलाई पत्राचार गर्दा पनि हालसम्म सम्पर्क नआएको तथा बक्यौता रकम नतिरेको भन्दै १५ दिने अल्टिमेटम दिएर पत्र काटेको हो । उक्त मितिसम्ममा पनि कर तिर्न सम्पर्कमा नआएमा सम्बन्धित उद्योगी व्यवसायीको तल अचल सम्पती समेत जफत गरिने कार्यालयले जानकारी दिएको छ ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र फरफारक नभएका आयकर ऐन २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार कारबाही गरिने भएको छ जस अनुरुप प्रोपाईटर, संचालक तथा साझेदारहरुलाई व्यक्तिगत रुपमा जिम्मेवार बनाई त्यस्ता व्यत्ति mहरुको चल अचल सम्पती कब्जा गरी लिलाम गर्ने, बैंक खाता रोक्का गरी प्रत्येक फर्मको कारोबार समेत रोक्का गरिने कार्यालयले जानकारी दिएको छ ।
