Logo

कन्काई पछि प्राईमले किन्यो ललितपुर फाइनान्स, यस्तो छ दुबै संस्थाको स्वाप रेसियो

कन्काई पछि प्राईमले किन्यो ललितपुर फाइनान्स, यस्तो छ दुबै संस्थाको स्वाप रेसियो



काठमाडौं । प्राईम कमर्सियल बैंकले ललितपुर फाइनान्सलाई अक्वायर (गाभ्ने) गरेको छ । केही समय अघि कन्काई डेभलपमेन्ट बैंकलाई अक्वायर गरेको प्राईमले पुन ललितपुर फाइनान्सलाई पनि एक्विजिशन गर्न सम्झौता गरेको हो ।

लामो समयको कसरतपछि ओम डेभलपमेन्ट बैंकलाई एक्विजिशन गर्नबाट पछि हटेको प्राईम बैंकले पछिल्लो समय साना संस्था खरिदमा एग्रेशिभ रुपमा अघि बढेको छ । साना ठूला गरी करिब आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई खरिद गर्ने गरी अघि बढेको बैंक स्रोतले जानकारी दिएको छ । ‘अझै पनि आधादर्जन भन्दा बढी ख र ग बर्गका संस्थासँग छलफल भइरहेको छ,’ बैंक स्रोतले भन्यो, ‘अन्य संस्थालाई एक्वायर गर्ने सम्बन्धमा पनि केही दिनभित्रै टुङ्गो लगाउनेछौं ।’ साथै क बर्गको बाणिज्य बैंकसँग मर्जर गर्ने सम्बन्धमा पनि छलफल अघि बढेको उक्त स्रोतले जानकारी दिएको छ ।

बैंकले यस अघि कन्काईसँगको सेयर स्वाप रेसियो ७१ रुपैयाँ तय गरेको थियो । न्युनतम स्वाप अनुपात ७१ रुपैयाँ तय गरेपछि वास्तविक सेयर स्वाप डीडीए रिपोर्ट पछि मात्र थाहा हुने बैंक स्रोतले जानकारी दिएको छ ।

यसैगरी ललितपुर फाइनान्ससँगको न्युनतम सेयर स्वाप २५ रुपैयाँ तय गरिएको समेत बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL