Logo

संचार राहत र पुनःर्निर्माणलाई एनसेलको ३ अर्बभन्दा बढी सहयोग, काठमाडौंमा भुकम्प प्रतिरोधि डेटा सेण्टर स्थापना गर्ने

संचार राहत र पुनःर्निर्माणलाई एनसेलको ३ अर्बभन्दा बढी सहयोग, काठमाडौंमा भुकम्प प्रतिरोधि डेटा सेण्टर स्थापना गर्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
३० वैशाख, काठमाडौं ।
निजी क्षेत्रका मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले भुकम्प पीडित नेपालीको लागि संचार राहत एवम् पुनः निर्माणलाई ३ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । एनसेलले आकस्मिक संचार राहत अन्तर्गत निःशुल्क ब्यालेन्स तथा एसएमएस र पुनः निर्माणमा खर्चने प्रतिवद्धता सहित उक्त सहयोग गरेको हो ।
वैशाख १२ को भूकम्पपश्चात आफ्ना देशभरका ग्राहकलाई पहिलो १० दिन (वैशाख २२ गते) सम्म १ अर्ब ५९ करोड बराबरको निःशुल्क ब्यालेन्स र एसएमएस सुविधा प्रदान गरेको एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलारले बताए । ‘हामीले देशभर र १३ अतिप्रभावित जिल्लामा आजसम्म पनि निरन्तर संचार राहत प्रदान गरिरहेका छौं’ उनले भने, ‘पहिलो १० दिनसम्म १ अर्ब ५९ करोड रुपैयाँ बराबरको निःशुल्क ब्यालेन्स र एसएमएस सुविधा प्रदान गरेका छौं ।’ ११ औं दिन देखि हालसम्म पनि संचार राहत प्रदान गरिरहेको उनले बताए ।
टेलियासोनेरा र एनसेलले देशमा पुनर्निर्माण कार्यका लागि टेलियासोनेराको तर्फबाट १० लाख डलर र एनसेलबाट १ अर्ब रुपैयाँको सहयोग गर्ने भएको उनले बताए । ‘उक्त सहयोगको प्रतिवद्धताबारे प्रधानमन्त्री शुशील कोइराला तथा सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजाललाई वैशाख १३ गते नै जानकारी गराएको जानकारी गराएका छौं’ उनले भने । सहयोग रकम कहाँ र कसरी सदुपयोग हुने छ भन्ने बारे भने अहिलेसम्म कुनै निर्णय भई नसकेको उनले बताए । ‘यो पक्काहो कि टेलियासोनेरा र एनसेलको यसमा दूर गामी सोच रहने छ र यी रकमको वास्तवमै कसरी सदुपयोग हुनेछ भन्ने बारे स्थानिय र अन्तर्राष्ट्रिय विज्ञ दुबैसँग छलफल गरिनेछ,’ उनले भने ।

यस वाहेक, नेपालमा राहतकार्यलाई सघाउन टेलियासोनेराका कर्मचारीले पनि व्यक्तिगत रुपमा ३५ हजार अमेरिकी डलर योगदान गरेको र त्यसलाई टेलियासोनेराले दोब्बर गरेर कुल७० हजार अमेरिकी डलर रेडक्रस स्विडेनलाई हस्तान्तरण गरेको जानकारी पनि उनले दिए ।
यसरी हालसम्मको संचार राहत र पुनर्निर्माण सहयोग गरेर एनसेल र टेलियासोनेराले रु ३ अर्बभन्दा बढी सहयोग प्रदान गरेको टाईलानलारले बताए ।
एनसेलले विपत्ति तयारी अन्तर्गत यस वर्षको योजनामा काठमाडौंमा पनि पोखरा तथा हेटौंडाको झैं भूकम्पप्रतिरोधात्मक डेटा सेन्टर बनाउने बताएको छ । डेटा सेन्टर बनाउन तथा त्यससँग सम्बन्धित सामग्रीहरु सुनिश्चित गर्ने कार्यक्रम परिसकेकोले सो कार्यलाई गति दिने टाईलानलारले बताए । यसका लागि कम्पनीले रु २ अर्बलगानी गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL