बिजखबर संवाददाता
३० वैशाख, काठमाडौं ।
मंगलवार मध्यान्नमा आएको शक्तिशाली भुकम्पका कारण विभिन्न सडक खण्ड समेत अवरुद्द भएको छ । भुकम्प पछिको पहिरोका कारण काभ्रेपाल्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विभिन्न सडक खण्ड अवरुद्द भएका छन् । त्यस्तै, लम्जुंगका सडक समेत अवरुद्द भएको बताइएको छ ।
सडक अवरुद्द हुदा उद्दार तथा राहतमा समेत समस्या परेको प्रहरीले जनाएको छ ।
चरिकोट ( मन्थली सडकखण्ड सहरे (४ मा पहिरोको कारण अबरोध भएको
प्रहरीले जनाएको छ । त्यस्तै, लमजुङ बेशिसहर ( मनाङ सडकखण्ड अन्तरगत ताघ्रीङ (१ च्याम्चेमा पहिरोको कारण बाटो अवरुद्ध रहेको छ । दोलखा ( लामाबगर सिंगटी सडकखण्ड पहिरोको कारण अबरोध, खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । दोलखा चरिकोट (काठमाण्डौं सडकखण्ड लाकुरीडाँडा (८ झिगानेमा पहिरोको कारण अबरोध भएको बाटो पनि खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।