बिजखबर संवाददाता
२९ वैशाख, काठमाडौं
दोलखालाई केन्द्र विन्दु बनाएर मंगलवार फेरि ठूलो भुकम्प गएको छ । दोलखाको सुनखानीलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव १ रेक्टरको शक्तिशाली भुकम्प गएको हो । मध्यान्न १२ बजेर ५० मिनेट जादा गएको भुकम्पबाट दोलखामा सवैभन्दा बढी क्षति भएको प्रारम्भमा देखिएको छ ।
भुकम्पबाट ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । हालसम्म करीब ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । भुकम्पका कारण दोलखामा ११ जना, सिन्धुपाल्चोकमा ५ जना, काठमाडौं उपत्यकामा ४, सुनसरीमा १ जनाको मृत्यु भएको हो । हालसम्म ५ सय भन्दा बढी घाईते भएको भनिएको छ ।
भुकम्प आएलगत्तै वसेको केन्द्रीय दैविप्रकोप उद्धार समितिको वैठकले बढी प्रभावित जिल्लामा सवै हेलिकप्टर, औषधि उपचारको टोलिलगायत राहत तथा उद्दारका साम्रगी पठाउने निर्णय गरेको छ ।