Logo

चौधरीग्रुपले भुकम्प पीडितका लागि २५ करोड खर्च गर्ने , १० हजार घर बनाइदिने घोषणा

चौधरीग्रुपले भुकम्प पीडितका लागि २५ करोड खर्च गर्ने , १० हजार घर बनाइदिने घोषणा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ बैशाख,काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले  भूकम्प पीडितहरुको दिर्घकालिन राहत स्वरुप २५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । यससँगै ग्रुपले आगामी ६ महिना भित्रमा विभिन्न संघसंस्थासँगको सहकार्यमा १० हजार ट्रान्जिसनल घर निर्माण गर्ने घोषणा गरेको छ ।

बुधवार ललितपुरको समिट होटलमा आयोजीत पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेको छ ।

भुकम्प पिडीतहरुका लागि दिर्घकालिन व्यवस्थापन आवश्यकता तथा जिम्मेवारी भएकोले यसतर्फ ध्यान दिइएको  बताइएको छ । जसमध्ये १ हजार ट्रान्जिसनल घर चौधरी ग्रुप आफैले र बाँकी देशभित्र तथा बाहिर रहेका विभिन्न दातृ निकाय वा नीजी क्षेत्रलाई प्रोत्साहन गरि निर्माण गरिने ग्रुपका अध्यक्ष बिनोद चौधरीले बताए । यस प्रकारको घर बनाउन सरदर ७ सय डलर लाग्ने उनले जानकारी दिए । ‘हामीले ९ हजार घर बनाउन यस्ता दातृ निकाय तथा नीजि क्षेत्रलाई प्रोत्साहन गरि साझेदारी गर्ने छौं’ उनले भने । त्यसका लागि १० करोडको एउटा छुटै कोष खडा गर्नु आवश्यक हुन्छ ।

यसमा प्राइस वाटर हाउस कुपर्स (पिडब्लुसी) इन्डिया फाउन्डेसल र सोसल इन्भायरमेन्ट एन्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स) इन्डियाले चौधरी फाउन्डेसनसँग सहकार्य गर्ने भएको छ ।

ग्रुपले खाद्यन्न टेन्ट तथा स्वास्थ्यमा हालसम्म २ करोड खर्च भइसकेको बताइएको छ । १ सय सामुदायिक विद्यालय पूर्न निर्माण गरिदिने घोषणा गरेको छ । विद्यालय पूर्ननिर्माणमा ५ करोड रुपैयाँ खर्च गर्ने छ । सहयोगमा सरकारसँगको सहकार्यमा नै अघि बढ्ने बताइएको छ ।

सरकारसँगको सहकार्य विना सहयोग असम्भव भएको चौधरीले बताए । विशेषगरी भुकम्प प्रभावित क्षेत्रमा यस्ता घर बनाइ पिडीतहरुलाई आफ्नो घर फिर्ता दिन यस्तो योजना बनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्