Logo

हिमाल आरोहीको संख्या ८ सय ४१ पुग्यो, ४९ करोड राजस्व संकलन

हिमाल आरोहीको संख्या ८ सय ४१ पुग्यो, ४९ करोड राजस्व संकलन



काठमाडौं । यस बर्षको हिमाल आरोहणका लागि बिहीबार सममा १ सय ४ समुहको ८ सय ४१ जनाले अनुमति लिईसकेका छन ।

सबै भन्दा बढी सगरमाथा आरोहणको लागि ३९ समुहको ३ सय ७७ जना रहेका छन जसमध्ये ५ ओटा समुहको १३ जना नेपाली आरोही रहेको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागका अनुसार यस बर्ष सगरमाथा लगायतका हिमाल आरोहणको लागि ९ ओटा समुहको २३ जना रहेको छ । सगरमाथा आरोही मात्रै ३ सय ७७ जना रहेको विभागको तथ्याङमा उल्लेख छ ।

बिभागका अनुसार आरोहीबाट मात्रै ४९ करोड ५ लाख ४३ हजार २ सय ८२ रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै सगरमाथालाई पच्छ्याउँदै लोत्से हिमाल आरोहण गर्ने आरोहीको संख्या ९२ पुगेको छ भने मकालु हिमाल आरोहणको लागि ५३ जना पुगेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्