Logo

यस वर्ष पनि सगरमाथा आरोहण नहुने ,पर्वतारोहण प्रभावित

यस वर्ष पनि सगरमाथा आरोहण नहुने ,पर्वतारोहण प्रभावित


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२२ बैशाख,काठमाडौं । विनासकारी भुकम्पपछि आएको हिमपहिराका कारण सगरमाथाको आरोहण मार्गमा क्षति पुगेपछि यस वर्ष पनि सगरमाथा आरोहण नहुने भएको छ ।

सगरमाथा आरोहणको सम्भावनाबारे बुझ्न गएका आइसफल डाक्टरहरूले आरोहण गर्न नसकिने सिफारिस गरेको बुझिएको छ । उनीहरूको सिफारिससँगै लगातार दोस्रो वर्ष सगरमाथा आरोहण स्थगित भएको हो ।

सरकारले भने आरोहण स्थगित भएको घोषणा गरिसकेको छैन । भुकम्पपछि आएको हिमपहिरोमा परी १८ जनाको निधन भएको थियो ।

गत वर्षको बसन्त ऋतुमा पनि खुम्बु आइसफलमा हिमपहिरो आएपछि १६ जना शेर्पाको निधन भएको थियो । शेर्पा–सहयोगीको निधन भएपछि सो वर्ष पनि सगरमाथा आरोहण स्थगित भएको थियो । नेपालमा पर्यटक आकर्षित गर्ने मुख्य पक्षमध्ये पर्वतारोहण एउटा हो ।

विश्वका सयौं साहसिक पर्यटक पर्वतारोहणका लागि हरेक वर्ष नेपालमा आउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्