Logo

कर नतिर्ने व्यवसायीमाथी आक्रमक बन्दै आन्तरिक राजस्व विभाग, ७२ जना व्यवसायीलाई काट्यो पत्र

कर नतिर्ने व्यवसायीमाथी आक्रमक बन्दै आन्तरिक राजस्व विभाग, ७२ जना व्यवसायीलाई काट्यो पत्र



काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिर्ने व्यवसायीहरुमाथी आक्रमक रुपमा कारबाही प्रक्रिया अघिघ बढाएको छ । पटक पटक पत्राचार गर्दा पनि व्यवसायीहरुले आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेपछि उनीहरु विरुद्ध आन्तरिक राजस्व कार्यालयले सूचाना प्रकाशित गरेर असुली प्रक्रिया अघि बढाएको हो ।


आन्तरिक राजस्व कार्यालय कोटेश्वरले कर नतिर्ने ७२ जना उद्योगी व्यवसायीलाई तत्काल बक्यौता रकम तिर्न पत्राचार गरेको हो । बक्यौता रकम तिर्नका लागि पटक पटक पत्राचार तथा हुलाकबाट पत्र पठाउँदा पनि सम्पर्कमा नआएकाले कार्यालयले पत्रिकामै सूचना प्रकाशित गरी १५ दिनभित्र उक्त बक्यौता तिर्न निर्देशन दिएको छ ।

कार्यालयले लामो समयदेखि आयाकर, मूल्य अभिवृद्धि कर (भ्याट) तथा अग्रीम आयकर नतिर्ने उद्योगी तथा व्यवसायीलाई पत्राचार गरेको होसूचना प्रकाशित भएको १५ दिनभित्र आयकर, भ्याटलगायतका बक्यौता रकम नतिरेमा आयकर तथा अन्तशुल्क ऐनअनुसार सबै प्रक्रिया पुरा गरी असुल गरिने जानकारी दिएको छ । तोकिएको समयसिमा भित्र बक्यौता नतिरेमा प्रोपाईटर, संचालक तथा साझेदारको चल अचल सम्पती कब्जा गरी लिलाम बिक्री गरिने समेत आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्