Logo

महा भुकम्पमा मृत्यु हुनेको संख्या साढे ६ हजार नाघ्यो, घाईते १४ हजार बढी, उद्दार र राहत वितरण तिव्र

महा भुकम्पमा मृत्यु हुनेको संख्या साढे ६ हजार नाघ्यो, घाईते १४ हजार बढी, उद्दार र राहत वितरण तिव्र


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१९ वैशाख, काठमाडौं ।
गत शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या साढे ६ हजार नाघेको छ । नेपाल प्रहरीले हालसम्म ६ हजार ६ जना २९ को मृत्यु भएको पुष्टि गरेको छ ।
नेपाल प्रहरीले शनिवार बिहानसम्म मृत्यु हुनेको संख्या ६ हजार ६ सय २९ जना रहेको पुष्टि गरेको हो । खोजि तथा उद्दार कार्य जारी रहेकोले यो संख्या अझ बढ्ने देखिएको छ ।
प्रहरीले हालसम्म १४ हजार २९ जना घाईते भएको जनाएको छ । घाईतेको विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, हेलिकप्टरबाट विभिन्न ठाउबाट घाईतेको उद्दार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
महा भुकम्प गएको आठौं दिन सम्मै राहत तथा उद्दारलाई तिव्रता दिइएको सरकारले बताएको छ । तर, अझै दूर्गम क्षेत्रमा उद्दार तथा राहत पुग्न सकेको छैन । रसुवा, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लाका माथिल्ला भेगमा अझै उद्दार पुग्न नसकेको स्थानीयले बताएका छन् । कतिपय गाविसहरु अझै सम्पर्क बिहीवन भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरकै कतिपय ठाउमा मानिसहरुले अझै पाल तथा खानेकुरा नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्