Logo

महा भुकम्पमा मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो, मृतकका परिवारलाई १ लाख दिइने, उद्दार र राहत जारी

महा भुकम्पमा मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो, मृतकका परिवारलाई १ लाख दिइने, उद्दार र राहत जारी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१८ वैशाख, काठमाडौं ।
गत शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । नेपाल प्रहरीले हालसम्म ६ हजार १ जना ९८ को मृत्यु भएको पुष्टि गरेको छ ।
नेपाल प्रहरीले शुक्रवार बिहान ७ बजेसमम मृत्यु हुनेको संख्या ६ हजार १ सय ९८ जना रहेको पुष्टि गरेको हो । खोजि तथा उद्दार कार्य जारी रहेकोले यो संख्या अझ बढ्ने देखिएको छ ।

प्रहरीले हालसम्म १३ हजार ५ सय ६८ जना घाईते भएको जनाएको छ । घाईतेको विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले भुकम्पका कारण मृत्यु भएका प्रतिपरिवारलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । त्यस्तै, मृतककको क्रियाकर्म गर्न ४० हजार रुपैयाँ दिने समेत निर्णय गरेको छ ।
भुकम्प गएको सातौं दिन प्रवेश गर्दा समेत अझै दूर्गम क्षेत्रमा उद्दार तथा राहत पुग्न सकेको छैन । रसुवा, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लाका माथिल्ला भेगमा अझै उद्दार पुग्न नसकेको स्थानीयले बताएका छन् । कतिपय गाविसहरु अझै सम्पर्क बिहीवन भएको छ ।
भुकम्पबाट ८० लाख जनाता प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्