Logo

महाभुकम्पमा मृत्यु हुने साढे ५ हजार नाघे, उद्दार र राहत वितरण जारी

महाभुकम्पमा मृत्यु हुने साढे ५ हजार नाघे, उद्दार र राहत वितरण जारी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१७ वैशाख, काठमाडौं । शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या साढे ५ हजार नाघेको छ । नेपाल प्रहरीकाअनुसार बिहीवार विहान १० बजेसम्म ५ हजार ५ सय ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, हालसम्म ७ हजार ८ सय ६५ जना घाईते रहेको प्रहरीले जनाएको छ ।
सरकारले भुकम्पबाट बढी प्रभावित जिल्लाहरु सिुन्धुपाल्चोक, काभ्रे, गोरखा, दोलखा, रामेछाप, नुवाकोट, धादिनलगायत जिल्लामा उद्दार तथा राहत वितरणलाई तिव्रता दिइएको जनाएको छ ।
तर, दोलखा, गोरखालगायतका जिल्लाका माथिल्ला भेगमा अझै पनि उद्दार तथा राहत नपुगेको स्थानीयले गुनासो गरेका छन् ।
समयमै लास तथा मरेका पशुपंिक्षको व्यवस्थापन नहुँदा त्यसबाट आएको दुर्गन्धले माहामारी फैलाउने त्रास बढेको छ ।

हालसम्म पुष्टि भएको मृत्यु एवम् घाईतेको संख्या
मृतक – ५५३६ घाईते ७८६५

उपत्यका :
मृतक – १५१९,  घाईते – २५७४ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ – १०८९
ललितपुर – १६९
भक्तपुर – २६१

पूर्व क्षेत्र :
मृतक – ५२,  घाईते – २६०
भोजपुर – २
सुनसरी – ७
सोलु – २२
ओखलढुंगा – १८
ताप्लेजुंग – १
मोरङ् – २

मध्य क्षेत्र :
मृतक – ३५४८,  घाईते – ३८४३
रामेछाप – २४
सिन्धुपाल्चोक – १५८७
धनुषा – १
मकवानपुर – ३४
रसुवा – ३०४
दोलखा – ६०
चितवन – ६
नुवाकोट – ७०७
धादिङ – ५२७
सिन्धुली – ९
बारा – ५
पर्सा – ५
सर्लाही – १
रौतहट – १
काभ्रे – २७७

पश्चिम क्षेत्र :
मृतक – ४१५,  घाईते – ११६७
गोरखा – ४०७
कास्की – २
नवलपरासी – १
तनहु – १
लमजुङ्ग – ४

मध्य पश्चिम क्षेत्र:
मृतक – २,  घाईते – २१
रोल्पा – १
रुकुम – १

प्रतिक्रिया दिनुहोस्