Logo

महा भुकम्पमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो, अझै उद्दार र राहत पुग्न नसकेको गुनासो

महा भुकम्पमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो, अझै उद्दार र राहत पुग्न नसकेको गुनासो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१६ वैशाख, काठमाडौं ।
शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । नेपाल प्रहरीले हालसम्म ५ हजार २० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
यसमध्ये सवैभन्दा धेरै सिन्धुपाल्चोकमा १३ सय ७६ जनाको मृत्यु भएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा १ हजार ४ सय ५० जनाको मृत्यु भएको छ । यसमध्ये काठमाडौंमा १ हजार ३९ जना, ललितपुरमा १ सय ६८ र भक्तपुरमा २ सय ५९ को मृत्यु भएको हो ।
त्यस्तै, रसुवामा ३ सय २, नुवाकोटमा ६ सय ३८, धादिङमा ३ सय ७०, काभ्रेपाल्चोकमा २ सय ७३ जना, दोलखामा ४५ जना, रामेछापमा २४ जना, सोलुमा २२ जना, ओखलढुंगामा १७ जना, मकवानपुरमा ३४ जनाको मृत्यु भएको हो । त्यस्तै, धनुषामा १ जना, सिन्धुलीमा ९ जना, बारामा ५ जना, पर्सामा ५ जना, सर्लाहीमा १, रौतहतमा १ जना, गोरखामा ३ सय ९१ जना, कास्कीमा २ जना, नवलपरासीमा १ जना, तनहुमा १ जना, लमजुङमा ४ जना, रोल्पामा १ जना, रुकुममा १ जनाको मृत्यु भएको हो ।
मृत्युको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
सिन्धुपाल्चोक, काभ्रोपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोटलागतय बढी प्राभावित जिल्लाका विगट क्षेत्रमा अझै पनि उद्दार तथा राहत नपुगेको गुनासो गरिएको छ । उद्दार तथा राहत नपाएकोमा स्थानीय आक्रोसित तथा चिन्तित भएका छन् । दोलखा र काभ्रेका ९५ प्रतिशत घर भत्केको बताइएको छ ।

हालसम्म ७ हजार ६ सय २४ जना घाईते रहेको प्रहरीले जनाएको छ । भुकम्पबाट ८० लाख जनाता प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्