Logo

केवल ईन्टरनेट चलाउनेको संख्या २५ लाख नजिक पुगे, १० महिनामा ७ लाखले वृद्धि

केवल ईन्टरनेट चलाउनेको संख्या २५ लाख नजिक पुगे, १० महिनामा ७ लाखले वृद्धि



काठमाडौं । नेपालमा केवल ईन्टरनेट चलाउनेको संख्या करिव २५ लाख पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार नेपलमा फाईवर टु दि होम (एफटीटीएच) मार्फत ईन्टरनेट चलाउनेको संख्या २४ लाख ८२ हजार ९ सय ३८ पुगेको हो ।

उक्त तथ्याङ्क अनुसार पछिल्लो १० महिनामा नेपालमा केवल ईन्टरनेट चलाउनेको संख्या पनि ह्वात्तै बढेको पाईएको छ । प्राधिकरणका अनुसार पछिल्लो १० महिनामा केवल ईन्टरनेट चलाउनेको संख्यामा करिव ७ लाखले वृद्धि भएको छ । सरकारको २०२० सम्म देशका हरेक क्षेत्रमा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने नीतिलाई सघाउने गरी विभिन्न नीजी सेवाप्रदायक तथा सरकारी स्वामित्वका विभिन्न सेवाप्रदायकरुले विभिन्न स्थानमा फाईवर ईन्टरनेट पुर्याउन लागिपरेको देखिन्छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार गत बर्षको चैतसम्म केवलमार्फत ईन्टरनेट चलाउने मानीसको संख्या जम्मा १७ लाख ८९ हजार भएपनि त्यसको १० महिनापछि अर्थात यो बर्षको माघसम्म उक्त संख्या बढेर २४ लाख ८२ हजार पुगेको हो । सो अवधिमा नेपाल टेलिकमले प्रदान गरेको एफटिटिएच सेवाको प्रयोगकर्ता भने ६ हजार जना बढेका छन । नेपाल टेलिकमको एफटिटिएच सेवा प्रयोग गर्नेको संख्या गत बर्षको चैतमा २ हजार ५ सय ८१ थियो । तर नेपाल टेलिकमले प्रदान गर्ने एडिएसएल सेवाका ग्राहक पनि पछिल्लो १० महिनामा सोचेअनुसार बढेको पाईँदैन ।

नेपाल टेलिकमको मोबाईल ब्रोडब्याण्ड सेवाका सेवाग्राही बढेपनि एडिएसएलका भने सोही अनुसार नबढेको पाईएको छ । प्राधिकरणका अनुसार टेलिकमको एडिएसएल सेवा प्रयोगकर्ता १० महिनामा ४५ हजार ५ सय ५० जना बाट बढेर १० लाख २० हजार पुगेको छ । हाल नेपालमा नीजी ईन्टरनेट सेवाप्रदायक कम्पनीहरुले २४ लाख ७४ हजार जनालाई एफटीटीएचमार्फत ईन्टरनेट उपलब्ध गराउँदै आएका छन ।

मोबाईल ब्रोडब्याण्डमा नेपाल टेलिकम अगाढी

सरकारी स्वामित्वको नेपाल टेलिकम हाल मोबाईल ब्रोडब्याण्डमा अग्रस्थानमा छ । टेलिकम आफ्नो फोरजी सेवा विस्तार गरिरहेकाले निजी स्वामित्वको एनसेलभन्दा फोरजीमा पछि परेपनि समग्र मोबाईल ब्रोडब्याण्डमा भने अघि रहेको छ । नेपाल दूरसंचार प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार टेलिकमको मोबाईल ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या हाल ६९ लाख ८१ हजार रहेको छ जुन एनसेलको भन्दा झण्डै साढे ७ लाखले बढी हो । एनसेलको फोरजी सेवाग्राहीको संख्या हाल १६ लाख ७२ हजार रहेको छ । यस्तै टेलिकमको फोरजी सेवाग्राहीको संख्या ७ लाख ११ हजार मात्रै छ ।

सरकारले सन २०२० सम्म नेपालका सबै क्षेत्रमा ब्रोडब्याण्ड सेवा पुर्याउने नीति लिएको छ । यसअनुसार सरकारले ग्रामिण क्षेत्रमा कम्तिमा ५ सय १२ केवीपीएस र शहरी क्षेत्रमा ५ एमवीपीएस क्षमताको ईन्टरनेट जडान गर्ने भएको हो । उक्त नीति अनुसार हाल नेपालको कुल जनसंख्याको ५८ दशमलव ७७ प्रतिशत जनतासम्म ब्रोडब्याण्ड सेवा पुगिसकेको छ । जुन गत बर्षको चैतसम्म ४७ दशमलव ३१ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL