Logo

२४ प्रतिशत सफ्टवेयर निर्माता महिला, हार्डवेयर व्यवसायमा महिलाको चासो कम

२४ प्रतिशत सफ्टवेयर निर्माता महिला, हार्डवेयर व्यवसायमा महिलाको चासो कम


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

९ वैशाख , काठमाडौं । नेपालको सफ्टवेयर निर्माणक्षेत्रमा २४ प्रतिशत महिलाको सहभागिता रहेको छ । यस क्षेत्रमा संलग्न कुल जनसंख्याको ७६ प्रतिशत सफ्वेयर निर्माता पुरुष र बाँकी महिला भएको एक अध्ययनले देखाएको छ । नेपालको हार्डवेयर र सफ्टवेयर सर्वेक्षणसम्बन्धी एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । तुलनात्मक रुपमा सफ्टवेयरमा भन्दा हार्ड वेयर व्यवसायमा महिलाको चासो कम रहेको पनि अध्ययनले देखाएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) फेडरेशनले आफ्नो वेभ पोर्टल र सो प्रतिवेदन मंगलवार सार्वजनिक गरेको थियो ।

बार्षिक ८० लाख कम्युटर भित्रिदै

प्रतिवेदन अनुसार नेपालमा प्रत्येक बर्ष ८० लाख कम्प्युटर भित्रिने गरेको छ । जसमध्ये ६८ लाख विक्री हुने गरेको छ । भित्रने व्राण्डमध्ये डेल सबैभन्दा लोकप्रिय हो । त्यस्तै एसर र लेनेभोको माग पनि बढी नै रहेको बताइएको छ ।
प्रतिवेदनले नेपालमा बनेको माउस र किबोर्ड विश्वमै उच्चकोटिमा पर्ने दाबी पनि गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै क्यानका अध्यक्ष विनोद ढकालले क्यानको सक्रियता एवम् जाइका नेपाल र आइसेट नेपालको सहयोगमा नेपालभर सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए । उनले सार्वजनिक गरिएको वेभ पोर्टलबाट नेपालमा लगानी गर्नेका लागि सहयोग पुग्ने दाबी गरे । ढकालले नेपाल आईटीका लागि ‘ग्रे मार्केट’का रूपमा रहेको बताए । त्यसैले नेपालमा कम्प्युटर आयात निर्यातमा सरकारले अनुगमन एवम् सुपरिवेक्षण गर्नुपर्छ उनले भने । कार्यक्रममा  नेपालका लागि  जापानी राजदुत मसाशी बगावले सर्वेक्षण मार्फत क्यानले देशलाई योगदान पुर्याएको बताए ।

सूचनाप्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले प्रतिवेदनले नेपालको आईटी उद्योगलाई सबल बनाउने धारणा राखे । सार्वजनिक प्रतिवेदनले सरकारी निकायलाई नीति नियम बनाउन सहयोग गर्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्