Logo

नेपालको बीमा र बैंकिङ क्षेत्रमा लगानी गर्ने भारतको मुथुट ग्रुपको घोषणा

नेपालको बीमा र बैंकिङ क्षेत्रमा लगानी गर्ने भारतको मुथुट ग्रुपको घोषणा



काठमाडौं । नेपालको बीमा तथा बैंकिङ क्षेत्रमा भारतको मुथुट ग्रुपले लगानी गर्ने भएको छ । नेपालमा आयोजित लगानीसम्मेलनमा बोल्दै भारतीय मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालको बीमा क्षेत्र तथा बैंकिङ क्षेत्रमा लगानी गर्ने घोषणा गरेका हुन ।

उनले नेपालमा यस क्षेत्रमा प्रशस्तै सम्भावना रहेकै कारणले उक्त क्षेत्रमा लगानी गर्न आतुर रहेको जानकारी दिएका छन ।

भारतीय व्यावसायिक घराना मुथुत ग्रुपले भारतमा सुन धितो राखेर ऋण दिने मुथुट फाईनान्स संचालनमा ल्याएको छ । सम्मेलनमा भाग लिन आएका ग्रुपका अध्यक्ष मुथुटले उक्त घोषणा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्