Logo

८ हिमाल आरोहणको लागि ६० जनाले गराए नाम दर्ता, ४ करोड रोयल्टी संकलन

८ हिमाल आरोहणको लागि ६० जनाले गराए नाम दर्ता, ४ करोड रोयल्टी संकलन



काठमाडौं । २०१९ मा हिमाल आरोहणका लागि ९ ओटा समुहको ६० जनाले नाम दर्ता गराएका छन ।

२०१९ को जनवरी देखी मार्च २५ सम्मा विभिन्न ८ ओटा हिमाल आरोहणको लागि ६० जनाले नाम दर्ता गराएको पर्यटन विभागका सुचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिएका छन । मे देखी हिमाल आरोहण गर्नका लागि बुकिङ गरेको विभागले जानकारी दिएको हो ।

थापाका अनुसार सगरमाथा आरोहणको लागि मात्रै ३ समुहको २९ जना रहेको छ । पुमोरी हिममालको लागि ११, अन्नपुर्ण १ को लागि ९, लोत्सेको लागि ५, कुम्भकर्ण हिमालको लागि ३, छोपाबामरेका लागि २ र थापा पिक आरोहणको लागि १ जनाले नाम दर्ता गराएका छन ।

यसरी हिमाल आरोहणको लागि नाम दर्ता गराएका पर्यटकबाट ३ करोड ९० लाख ९ हजार २ सय ९७ रुपैयाँ रोयल्टी संकलन गरेको समेत विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्