Logo

डेढ वर्षमा सवा ११ अर्ब रुपैयाँको हाउजिङ युनिट विक्री, मूल्य ५ प्रतिशतले बढ्यो

डेढ वर्षमा सवा ११ अर्ब रुपैयाँको हाउजिङ युनिट विक्री, मूल्य ५ प्रतिशतले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

विजखबर संवाददाता

८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो डेढ वर्षयता सवा ११ अर्ब रुपैयाँ बराबरको हाउजिङ विक्री भएको देखिएको छ । बृहत इन्भेष्टमेन्ट प्रालिको सहयोगमा हाउजिङ विज्ञहरुले तयार पारेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

थाईल्याण्डका घरजग्गा विज्ञ डा. सोपोन पोर्नचोकचाई नेतृत्वको विदेशी टोलिले गरेको अध्ययनले सन् २०१५ शुरुभएयता ३ अर्ब ७८ करोड रुपैयाँ बराबरका ३ सय ८१ युनिट हाउजिङ युनिट विक्री भएको देखाएको हो । त्यस्तै, सन् २०१४ मा ७ अर्ब ५८ करोड ४० लाख रुपैयाँ बराबरको ८ सय १९ युनिट हाउजिङ विक्री भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले काठमाडौं उपत्यकामा हालसम्म ७० अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको ७ हजार २ सय ७४ युनिट विक्री भएको देखाएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा मंगलवार सार्वजनिक गरिएको ‘काठमाडौं उपत्यकाको घरजग्गा बजार २०१५’ नामक अध्ययन प्रतिवेदनले काठमाडौं उपत्यकामा करीब ११ अर्ब रुपैयाँ बराबरको १ हजार ३ सय ३५ युनिट हाउजिङ विक्री हुन बाकि देखाएको छ । उपत्यकाका विक्री हुन बाकी सवै हाउजिङ युनिट आगमी पाँच महिनाभित्रै विक्री भइसक्ने डा. सोपोनले बताए ।

उक्त अध्ययन प्रतिवेदनले पछिल्लो एक वर्षमा हाउजिङको मूल्य ५ प्रतिशतले बढेको देखाएको हो । सन् २०११ देखि हालसम्म हाउजिङ युनिटको मूल्य २० प्रतिशतले बढेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL