Logo

रेल खरिद प्रक्रिया अघि बढ्यो तर बनेन रेलमार्ग, जयनगर–जनकपुर रेलमार्ग निर्माणमा किन हुँदैछ ढिलाई ?

रेल खरिद प्रक्रिया अघि बढ्यो तर बनेन रेलमार्ग, जयनगर–जनकपुर रेलमार्ग निर्माणमा किन हुँदैछ ढिलाई ?



काठमाडौं । सरकारले रेल खरिद पक्रिया अगाडी बढाए पनि हालसम्म जयनगर देखी जनकपुरको कुर्था सम्म आईपुग्ने रेलमार्ग भने तयार भएको छैन ।


उक्त रेलमार्ग भारतीय कम्पनी इक्र्वान इन्टरनेसनलले केही समय अगाडीनै सम्पन्न गर्ने भनिए पनि हाल सम्म निर्माणकै चरणमा रहेको छ । १८ डिसेम्बर २०१८ देखिनै संचालनमा सरकार रहेपनि विभिन्न समस्याले गर्दा हालसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।


उक्त ब्रोडगेज रेलमार्ग विस्तार गरि रहेको भारतीय कम्पनीले निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरे पछि मात्रै नेपालले रेल संचालन गर्न पाउनेछ । तर भारतीय कम्पनीले भने विभिन्न बहाना बनाउँदै निर्माण प्रकृयामा ढिलाई गरिरहेको जनकपुरका इन्जिनियर विनोद ओझाले जानकारी दिएका छन ।


भारतीय कम्पनी इक्र्वानले कहिले मजदुर अभाव त कहिले विभिन्न चाड पर्वका बाहनामा काम ढिलागरेको ओझाले जानकारी दिएका छन । सरकारले भने ३५ किलोमिटरको उक्त रेलमार्गमा रेल संचालन गर्न कर्मचारी छनौट देखि रेल खरिद प्रकृया समेत अगाडी बढाईसकेको छ ।


द्रुत गतिमा काम गर्ने हो भने पनि अझै एक महिना लाग्ने इन्जिनियर ओझाले जानकारी दिए । ‘रेलमार्ग निर्माणमा भारतकै लगानी भारतकै कामदार हामीले खाली जग्गामात्रै उपलब्ध गराएकाले पनि निर्माणमा ढिलाई भएको हो,’ ओझाले भने ।


रेल विभागले भने यही बैशाखदेखीनै सो मार्गमा रेल संचालन गर्ने प्रकृया अगाडी बढाईसकेको छ । तर निर्माण प्रकृया ढिलाई हुँदा बैशाखमा पनि रेल संचालन गर्न नसक्ने हो कि भन्ने आशंक बढिरहेको उनले जानकारी दिए ।


सो रेलमार्गमा रेल खरिद गरी संचालन गर्न सरकारले रेल विभागलाई ८४ करोड ६५ लाख रुपैयाँ रकम स्वीकृती दिईसकेको छ । विभागले सोही रकमबाट २ सेट डिजेल इलेक्ट्रिक मल्टीपल युनिट रेल खरिद गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्