Logo

डेढदशक लामो मनमुटावको अन्त्य गर्दै मुकेश अम्बानीले तिरिदिए ४५३ करोड ऋण, भाई अनिललाई जेल जानबाट रोके

डेढदशक लामो मनमुटावको अन्त्य गर्दै मुकेश अम्बानीले तिरिदिए ४५३ करोड ऋण, भाई अनिललाई जेल जानबाट रोके



काठमाडौं । जेल जान लागेका अनिल अम्बानीलाई दाई मुकेश अम्बानीले जोगाएका छन् । अदालतको फैसला अनुसार अनिलले आफ्नो कम्पनी आरकमले स्विस कम्पनी एरिक्सनलाई तिर्नुपर्ने रकम तिर्न आज तिर्न नसकेको खण्डमा जेल जादै थिए । तर, उनका दाजु मुकेस अम्बानीले ४ सय ५३ करोड रुपैयाँ भारतीय रुपैयाँ तिरिदिएपछि अनिल अम्बानी जेल जानबाट जोगिएका छन् ।

अनिलले एरिक्सनलाई रकम तिर्न नसकेपछि अदालतले ३ महिनाको जेल सजाए सुनाएको थियो । तर सोमबार उनको कम्पनीले तिर्नुपर्ने ४ सय ५३ करोड भारतीय रुपैयाँ उनका दाई अनिल अम्बानीले तिरिदिएपछि जेल जानबाट बचेका हुन ।

अनिल दूरसंचार कम्पनी आरकमका प्रमुख हुन । उनको उक्त कम्पनीले गत फेब्रुअरी २०सम्म स्विस कम्पनी एरिक्सनलाई पैसा नतिरेकाले त्यहाँको सर्वाेच्च अदालतले ३ महिनाको जेल सजाय सुनाएको थियो ।

उनले सो पैसा तिरिदिएकोमा आफ्ना दाई तथा आफन्तलाई धन्यबाद दिएका छन । मुकेस अम्बानीले आफ्नो भाई अनिल अम्बानीको आरकम कम्पनीले स्विडेनको एरिक्सनलाई ४ सय ५३ करोड भारु तिरिदिएका हुन । यसअघि अनिलले उक्त कम्पनीलाई १ सय १८ करोड भारु तिरिसकेका थिए ।

अम्बानी दाजुभाईबीच विगत डेढ दशकदेखि मुनमुटाव हुँदै आएको थियो । तर, मुकेशले आज लिएको कमदले जादुभाईबीचको सम्बधमा सुधार आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । टाईम्स अफ ईन्डिया

प्रतिक्रिया दिनुहोस्