Logo

अमेरिकी नागरिकलाई भिसा अनिवार्य गर्दै युरोप, सन् २०२१ देखि भिसा लिनुपर्ने

अमेरिकी नागरिकलाई भिसा अनिवार्य गर्दै युरोप, सन् २०२१ देखि भिसा लिनुपर्ने



काठमाडौं । अमेरिकन पर्यटकहरुले युरोपमा विना भिसा प्रवेश गर्न नपाउने भएका छन् । सन २०२१ देखि अमेरिकनहरुले यूरोपका केही क्षेत्रमा विना भिसा प्रवेश गर्न नपाउने भएका हुन् ।

युरोपियन युनियनले सन् २०२१ को जुलाईबाट संचालनमा ल्याउने ‘युरोपियन ट्राभल ईन्फर्मेशन एण्ड अथोराईजेसन सिस्टम (ईटीआईएस)’ले फ्रि भिसा युरोप प्रवेशआज्ञा बन्द हुने भएको हो ।

ईयुले गत बर्षमात्रै उक्त सिस्टम कार्यान्यनमा ल्याउने गर्ने घोषणा गरेको थियो । यसका लागि सेन्जेन क्षेत्रमा फ्रि भिसाको पहुँच बढाउन यात्रु पूर्व स्क्रिनिङ सेवाको आवश्यकता पर्नेछ ।

सेन्जेन क्षेत्रमा युरोपका करिव २६ वटा देश रहेका छन् । जहाँ आन्तरिक सिमा छैन । यो क्षेत्रका मानिसहरु स्वतन्त्र रुपमा एक देशबाट अर्काे देशमा जान सक्ने सुविधा छ । जस्तै स्पेन, फ्रान्स, ग्रीस, जर्मनी इटाली र पोल्याण्ड । हाल अमेरिकाका बासिन्दाहरुले कुनै अनुमती विनानै ९० दिनसम्म युरोपमा यात्रा गर्न सक्ने सुविधा रहेको छ । तर अब ईटीआईएसले यसलाई परिवर्तन गर्ने भएको हो ।

अमेरिकालगायतका बासिन्दाहरुले अब युरोपको सेन्जेन क्षेत्र यात्रा गर्नु अगाडी ईटीआईएस को अनुमती लिनुपर्नेछ । जसका लागि उनीहरुले ७ युरो तिरेर अनलाईनमार्फत मार्फत आवेदन भरी अनुमती लिनुपर्ने छ । उक्त अनुमती ३ बर्षका लागि मान्य हुने ईयुले जानकारी दिएको छ ।

अनलाईन निवेदन भर्नका लागि बढीमा १० मिनेटको समय लाग्ने र आफै स्विकृत मिल्ने ईयुले बताएको छ ।

अमेरिकासँग पनि त्यस्तै सिस्टम छ जसलाई ‘ईलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराईजेसन (ईएसटीए)’ नाम दिइएको छ ।

युरोपियन युनियनले आन्तरिक सुरक्षाका लागि तथा आफ्नो सिमा सुरक्षाका लागि अमेरिकाको जस्तै यात्रा प्राधिकरण सिस्टम संचालनमा ल्याएको हो । यो सिस्टममार्फत अमेरिकाका पर्यटकलाई मात्रै असर नपर्ने र सन २०२१ देखि विश्वका करिव ६० देशका पर्यटकले युरोपको उक्त क्षेत्र घुम्नका लागि युरोपियन युनियनको उक्त सिस्टममार्फत अनुमती लिनु पर्नेछ ।

जसमा ब्राजिल, क्यानडा, न्युजिल्याण्ड, सिङगापुर लगायतका देशहरु पर्दछन । युरोपको संसदले उक्त सिस्टम आगामी जुलाई देखि संचालनमा ल्याउन सहमती जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्