Logo

टुँडिखेलको श्रद्धान्जली सभा स्थगित, शुक्रबार विहान ८ बजेमात्रै हुने

टुँडिखेलको श्रद्धान्जली सभा स्थगित, शुक्रबार विहान ८ बजेमात्रै हुने



काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाका श्रद्धान्जली सभा स्थगित गरिएको छ ।

ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका ७ जनाको शव पहिचानका लागि डिएनए परिक्षण गर्न समय लाग्ने भएपछि टुँडिखेलमा गर्ने भनिएको श्रद्धान्जली सभा स्थगित गरिएको हो ।

टिचिङ अस्पताल महाराजगञ्जका अनुसार पोष्टमार्टम गर्न अझै ४ देखि ५ घण्टासम्म लाग्ने भएपछि नेकपाले आयोजना गरेको श्रद्धान्जली सभा भोली अर्थात शुक्रबार विहान ८ बजेमात्रै हुने भएको छ ।

ताप्लेजुङको चुहानडाँडामा भएको दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शव भने मौसमका कारण काठमाडौं ल्याउन ढिलो भएको थियो ।

शव ल्याउन ढिलो भैरहँदा शव पहिचान तथा पोष्टमार्टम गर्नका लागि पनि समय लागेको हो । हालसम्म पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत २ जनाको शव पहिचान भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL