Logo

सात बजेनै बन्द हुन्छन् काठमाडौंका पेट्रोल पम्प, सुरक्षा निकायले मानेनन् निगमको अनुरोध

सात बजेनै बन्द हुन्छन् काठमाडौंका पेट्रोल पम्प, सुरक्षा निकायले मानेनन् निगमको अनुरोध



काठमाडौं । काठमाडौंका सडकमा राती १० बजेसम्म सार्वजनिक सवारीसाधनहरु चलेपनि पेट्रोल पम्प भने ७ नबज्दै बन्द हुने गरेका छन् । नागरिकलाई सेवा दिने अत्यावश्यक बस्तुको सूचीमा रहेको पेट्रोलपम्महरु साँझ पर्न नपाउँदै बन्द हुँदा उपभोक्ताहरु मारमा पर्ने गरेका छन् ।

सामान्यत अन्य मुलुकमा २४ घण्टा पेट्रोल पम्प खुला रहन्छन । तर, नेपालमा साँझ पर्न नपाउँदै बन्द हुने र बिहान ७ बजेमात्र पेट्रोल पम्म खुला हुँदा उपभोक्ताहरुले सास्ती खेप्नु परेको छ । पछिल्लो समय सार्वजनिक यातायातले ढिलासम्म यात्रुलाई सुविधा दिन थालेपनि पेट्रोल पम्प चाडै बन्द हुँदा त्यसले थप समस्या बनाएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

नारिकलाई सेवा दिन पेट्रोलपम्महरु सिमित स्थानमा २४ सैं घण्टा खुला गर्नुपर्ने भएपनि हालसम्म त्यसो हुन नसकेको नेपाल आयाल निगमका उप प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए । ‘हामीले यस अघि सुरक्षा निकायबाट संचालित पेट्रोल पम्पहरुलाई २४ सैं घण्टा पेट्रोल पम्प संचालन गर्न अनुरोध गरेका थियौं तर उनीहरुले पनि मानेका छैनन्,’ उनले भने, ‘तर, निजी क्षेत्रले सुरक्षाका कारण देखाउँदै संचालन गरेका छैनन् ।’

यस अघि नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग छलफल गरी २४ सैं घण्टा पेट्रल पम्प संचालन गर्न आग्रह गरिएकोमा उनीहरुले पनि अटेर गरी संचालन नगरेको उनको गुनासो थियो । तर, नेपाल प्रहरीद्वारा संचालित नक्सालको पम्प भने २४ घण्टा खुला रहने उनले जानकारी दिए ।

यसैगरी अबका दिनमा निजी क्षेत्रबाट संचालन गरिएका पम्पहरुलाई पनि राती ढिलासम्म र बिहान चाँडै संचालन गर्न निर्देशन दिईने उनले जानकारी दिए । ‘बेलुका ७ बजे नै पेट्रोल पम्प बन्द हुँदा उपभोक्ताका लागि धेरै नै समस्या पर्छ,’ उनले भने, ‘अब राती अबेरसम्म खुला गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्नेछौं ।’

यसैगरी पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि शान्ती सुरक्षाका कारणले राती ढिलासम्म पेट्रोलपम्प संचालन गर्न नसकिएको बताउँछन् । ‘हामीले सुरक्षाको ग्यारेन्टी नभएकाले ढिलासम्म पम्प संचालन गर्न नसकेका हौं,’ उनले भने, ‘अहिले पनि कतिपय स्थापनमा राती ८ बजेसम्म खुला नै रहन्छ ’ तर, सुरक्षाको कारणले गर्दा केही स्थानमा चाँडैनै बन्द हुने गरेको समेत उनले जानकारी दिए ।

यदि नागरिकहरुलाई समस्या परेमा आगामी दिनमा एशोसिएशनले निर्देशन जारी गरेर राती ढिलासम्म पेट्रोल पम्प खुला गर्न लगाईने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL