Logo

गभर्नरले भने, महाभारतबाटै प्रेशर आएपनि हुण्डीवालालाई छोड्दिन

गभर्नरले भने, महाभारतबाटै प्रेशर आएपनि हुण्डीवालालाई छोड्दिन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरले  डा. चिरञ्जीवी नेपालले हुण्डीवालालाई तह लगाउने बताएका छन् । पछिल्लो समय गैर बैंकिङ कारोवार बढी हुन थालेको बताउँदै त्यसलाई निरुत्साहित गर्न हुण्डीलाई जनुसुकै हालतमा पनि तह लगाउने बताएका हुन् । ‘पछिल्लो समय हुण्डीवालाले आफ्नो पहुँच माथिल्लो निकायसँग भएको भन्दै फुर्ती लगाउँदै हिडेका छन्,’ नेपाल आर्थिक संघ र नेपाल बैंकर एशोसियशनद्वारा आयोजित नेपालमा वित्तीय क्षेत्रका चुनौती विषयक कार्यक्रममा बोल्दै उनले भने, ‘महाभारत बाटै प्रेशर आएपनि हुण्डीको कारोवार गर्नेलाई छाड्दिन ।’

कार्यक्रममा आफुले पछिल्लो समय गैर बैंकिङ क्षेत्रको कारोवारलाई निरुत्साहित गर्न लागि परेको बताउँदै त्यसको पहिलो काम हुण्डीलाई निरुत्साहित गर्नु रहेको जानकारी दिए । ‘देशको राष्ट्रिय स्वार्थ भनेको अर्थतन्त्र बलियो बनाउनु हो,’ उनले भने, ‘जसका लागि गैर बैंकिङ कारोवारलाई निरुत्साहित गर्नु जरुरी छ ।’ साथै, पछिल्लो समय हुण्डीवालाले निर्वाद रुपमा कारोवार गरिरहेको समेत उनको दावी थियो । साथै, हुण्डीको कारोवार गर्नेमाथी कारवाही अघि बढाउन आफुले प्रधानमन्त्री र अर्थमन्त्रीसँग सल्लाह गरिसकेको समेत उनले जानकरी दिए ।

अहिले पनि देशमा भित्रने धेरैजसो रेमिट्यान्स हुण्डी लगायत गैर बैंकिङ प्रणालीबाटै भित्रने गरेका छन् । देशमा भित्रने रेमिट्यान्सको ४० प्रतिशतभन्दा बढी हिस्सा हुण्डीबाटै आउने गरेको विभिन्न संघसंस्थाले बताउँदै आएका छन् । जुन रकम वार्षिक २ खर्व रुपैयाँभन्दा बढी हुन आउँछ । हाल बैंकिङ प्रणालीबाट मात्रै वार्षिक ५ खर्व रुपैयाँभन्दा बढी रेमिट्यास भित्रिरहेको छ ।

यस्तै, पछिल्लो समय च्याउसरी खुलेका सहकारीहरुले पनि वित्तीय स्थाइत्वमा समस्या पारेको उनको भनाइ थियो । सहकारी तथा माइक्रो फाइनान्समा बढी ठगी भइरहेको बताउँदै आगामी दिनमा राष्ट्र बैंकले त्यसलाई कडा निगरानीमा राख्ने बताए । ‘पछिल्लो समय दिनहुजसो सहकारीमा ठगी हुने तथा बन्द हुने क्रम बढेको छ,’ उनले भने, ‘जसले गर्दा बैंकको निक्षेपमा समेत तलमाथी हुन पुगेको छ । हाल सरकारीको कारोवार रकम हिस्सा ठूलो भएको बताउँदै आगामी दिनमा घटाउनु पर्ने उनको धारणा थियो ।

आगामी दिनमा राष्ट्र बैंकसँग वित्तीय क्षेत्रमा रेमिट्यान्स क्षेत्रलाई स्थायीत्व गर्नु, उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु, वित्तीय क्षेत्रमा जनताको पहुँच पुर्याउनु तथा गैर आर्थिक कारोवारलाई निर्मुल पार्नुजस्ता मुख्य ४ वटा च्यालेन्ज रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL