काठमाडौं । नेपाल टेलिकमको नाफामा गिरावट आएको छ । कम्पनीले चालू आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गत आबको सोही अबधिमा नाफामा १५ प्रतिशतले नाफामा गिरावट आएको उल्लख गरको छ ।
कम्पनीले गत आबको पहिलो ६ महिनामा ७ अर्ब ४८ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । तर, चालू आबको सोही आबधिमा आईपुग्दा घटेर ६ अर्ब ३४ करोड रुपैयाँमा झारेको छ । सो अबधिमा बैंकको खर्च कटौतीमा केही सुधार आएपनि आम्दानीमा वृद्धि नहुँदा नाफामा असर परेको हो । ६ महिनामा टेलिकमले २१ अर्ब ७१ करोड कुल आम्दानी गर्दा १२ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ ।
पछिल्लो समय ग्राहकहरु डेटामा केन्द्रित हुँदा कम्पनीको भ्वाइस कल सेवातर्फको आम्दानीमा गिरावट आएको नेपाल टेलिकमका प्रबन्ध निर्देशन डिल्ली आधिकारीले जानकारी दिए । ‘ग्राहकहरु डेटातर्फ केन्द्रित हुँदा टेलिकमको आम्दानीमा केही गिरावट आएको छ,’ उनले भने, ‘पछिल्लो समय टेलिकमको डेटा प्रयोग कर्ता उल्लेख्य रुपमा बढेपनि कम्पनी सहुलियत दरमा विभिन्न अफर ल्याएकाले आम्दानीमा वृद्धि हुन सकेन ।’
साथै गतबर्ष टेलिकमको सेवा विस्तारमा उल्लेख्य काम हुन नसकेकाले पनि अहिलेको वित्तीय विवरण नाफामा गिरावट आएको उनले जानकारी दिए । ‘गत बर्ष कम्पनीको नेटकर्व विस्ताजस्ता विषयमा खासै काम हुन सकेन जसका कारण नाफामा गिरावट आयो,’ उनले भने, ‘अहिले नेवटर्क विस्तार गरी बढी भन्दा बढी ग्राहकलाई केन्द्रित गरिरहेका छौं जसले गर्दा आगामी दिनमा नाफामा सुधार आउनेछ ।’ पछिल्लो समय भ्वाईस तथा डेटामा टेलिकमको बजार हिस्सा बढिरहेको समेत उनले जानकारी दिए ।
टेलिकमको नाफामा गिरावट आउँदा प्रतिसेयर आम्दानी समेत घट्न पुगेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी ९९ रुपैयाँ ७७ पैसाबाट घटेर ८४ रुपैयाँ ५५ पैसामा झरेको छ । सो अबधिमा टेलिकमको सेवातर्फको आम्दानीमा साढे ६ प्रतिशतले गिरावट आउँदै १८ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ ।
गत आबको पहिलो ६ महिनामा यस्तो आम्दानी १९ अर्ब ७० करोड रुपैयाँ थियो ।
सो अबधिमा टेलिकमको अन्य आम्दानीमा भने सुधार आएको छ । सो आम्दानी गत आबको पहिलो ६ महिनाको तुलनामा २२ प्रतिशतले बढ्दै ३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।